दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भियतनामी नागरिकहरु लुम्बिनी र सगरमाथा आउन इच्छुक छन्ः राजदुत हाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ३१ गते, बुधबार १७:५०

नेपालका लागि भियतनामी राजदुत न्गुयेन थान हाइले भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक रहेको बताउनुभएको छ ।

बुधवार नेपाल–भियतनाम चेम्बर अफ कमर्सले राजदुत हाइको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत हाइले यस्तो बताउनुभएको हो । राजदुत हाइले भियतनामीहरु नेपालको लुम्बिनी मात्रै नभएर गौतम बुद्धको जन्मभूमि लुम्बीनी तथा अन्य पर्यटकीय क्षेत्रमा आउन इच्छुक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा धेरै पर्यटकीय गन्तव्यहरु रहेको भन्दै नेपालका ट्राभल एजेन्सीहरुले प्रोत्साहन गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा पर्यटनको ठूलो सम्भावनाको क्षेत्र भएकाले दुई देशले पर्यटन प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले नेपाल–भियतनाम कुटनीतिक सम्बन्ध राम्रो रहेको बताउनु भयो । उहाँले नेपाल–भियतनामको आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल बिस्तार गर्न भियतनाम सकारात्मक रहेको बताउनु भयो। उहाँले नेपाल र भियतनाम दुवै देशबीच सिधा उडान गर्ने विषय भिषाका समस्या रहेको बताउनु भयो। उहाँले भियतनामले विद्युतीय भिसा जारी गर्ने प्रणाली ल्याएकाले सहज भएको भन्दै नेपालले पनि विद्युतीय भिसा प्रणाली लागू गर्नसके सहज हुने बताउनु भयो।

भियतनामका लागि कन्सुलर राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धन गर्न लुम्बिनी–भियतनाम सिधा उडान पहल गरिदिन राजदुत हाइलाई आग्रह गर्नुभयो । उहाँले नेपाल–भियतनाम सम्बन्ध थप बिस्तार तथा पर्यटन प्रवद्र्धन गर्न दुवै देशबीच सिधा उडान आवश्यक रहेको बताउनु भयो। उहाँले लुम्बिनी–भियतनाम सिधा उडान गर्नसके बुद्धिस्ट सर्किट बिस्तारमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले नेपाल र भियतनाम दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्ध लगायत क्षेत्रमा सहयोग आदानप्रदान हुन आवश्यक रहेको बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु