मनमुरी कृषि सहकारी संस्थाले हाट बजार सञ्चालन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ३१ गते, बुधबार २०:१४

काठमाडौ -कृषि उत्पादनलाई सहजरुपमा आपूर्ति गर्न र बिचौलिया भगाउने स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले साप्ताहिक खुला हाट बजार संचालनमा ल्याउने भएको छ।

कागेश्वरी मनहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको महिला नेतृत्वको मनमुरी कृषि सहकारी संस्थाले आफ्नो बजार परिसरमा भदौ २ गते देखि प्रत्येक शनिवार बिहान ९ बजेदेखि साझ ५ बजेसम्म साप्ताहिक खुला हाट बजार संचालनमा ल्याउने भएको छ ।

खुला हाटबजारमा स्थानीय उत्पादनको खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी,मौसमी अर्ग्यानिक फलफूल तथा तरकारी, हस्तकलाका सामग्री, परम्परागत कृषि औजार, रैथाने बिउ बिजन, बिरुवा, फूल र प्राङ्गारिक मल उपलब्ध हुने छ ।

नेपाली मौलिक परिकार, दूग्धजन्य उत्पादन, मासुजन्य उत्पादन, रैथाने उपजहरुको प्रदर्शनी कृषि उपजमा आधारित बेकरी, कफी, चिया, अन्य घरायसी सामग्री लगायतका वस्तु तथा स्थानीय उत्पादनको प्रवद्र्धन र खरिद बिक्री गरिने मनमुरी कृषि सहकारी संस्थाकी अध्यक्ष जयकला बस्नेतले जानकारी दिएकी छन्।

सहकारी संस्थाले हाट बजारमा आफ्नो उत्पादन राख्न चाहने किसानलाई निशुल्क स्टलको व्यवस्था गरेको छ। व्यवसायीहरु र अन्य उपभोक्क्ताहरुलाई हप्ताको १ दिन हाट वजारमा राखिएका ताजा अर्गानीक तरकारी देखी हरेक सरसामानहरु खरीद देखी विक्री र किनमेल गर्न सहकारी आग्रह समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु