दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रेडियन्टलाई दोहोरो सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ३२ गते, बिहीबार ७:०५

काठमाडौ -रेडियन्ट पब्लिकले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो सफलता पाएको छ । रेडियन्ट सिनियर ब्वाइज र गल्र्स दुवैमा विजयी भयो ।
बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा रेडिअन्टले राइजिङ स्टारलाई ३५–१२ ले पराजित ग¥यो । रेडियन्टको जितमा रविन्द्र क्षेत्रीले ८ अंक योगदान गरे । सिनियर गल्र्समा दिब्यान्शा कर्कीको २० अंक सहयोगमा रेडियन्टले पिपुल्स एकेडेमीलाई ३०–११ ले हरायो ।
सिनियर ब्वाइजमा द एक्सेल्सियर स्कुलले एनआईसी एकेडेमीलाई २८–२७, हेम्सले स्वर्णिमलाई २७–२५, ब्राइट होराइजनले एस्फोडेललाई ४६–१८, नेरिक एकेडेमीले एलआरआई ४०–१४ र ग्रिनल्यान्डले काठमाडौं भ्याली, छाउनीलाई ४२–१२ ले पाखा लगाए । एक्सेल्सियरका रुसिप मुनिकारले १५, हेम्सका हेमन्त राजवंशीले १०, ब्राइट होराइजनका ज्योतिष शाहीले १२, नेरिकका सुशल खत्रीले १९ र ग्रिनल्यान्डका प्रवीण गुरुङले २२ स्कोर गरे ।
सिनियर गल्र्समा काष्ठमण्डपले एलआरआईलाई २९–१३, ब्राइट होराइजनले स्वर्णिमलाई १७–११ र न्यु जेनिथले हेम्सलाई २७–१४ ले पन्छाए । काष्ठमण्डपकी रिया राईले १७, ब्राइट होराइजनकी कविता लामाले ५ र न्यु जेनिथकी राइशा सिंहले १३ अंक जोडे ।
जुनियर ब्वाइजमा श्रृजना ज्ञान सागरले काठमाडौं भ्याली, छाउनीमाथि १२–४ को जित दर्ता ग¥यो । विजेताका सन्दिप गुरुङले ४ अंक बटुले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु