काठमाडौ -काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका वडा नम्बर ७ कुरुवास खैरीपाखाका १० वर्षीय अंकित कुमार तामाङलाई ब्लड क्यासर भएको थाहा भए पश्चात विचलित भएका अंकितका बुबाआमा आफ्नो छोराको उपचारको लागि धेरै पैसा लाग्ने डाक्टर र अस्पतालको कुराले विछिप्त भएका थिए । गरीबीका कारण आफनो छोराको रोगको उपचार गर्न नसकिने कुराले दिनरात छटपटीदै आफनो टोल छिमेकी, अस्फन्ता अनि देश विदेशमा रहेका नेपालीलाई बेदना सुनाएर छोरा बचाउन सहयोगको लागि हारगुहार गर्ने क्रममा वहाँ ले आफनो छिमेकी अक्कल तमङलाई फोन मार्फत दुःख पोखेका थिए। जानकारी पाए लगतै समाजसेबी अक्कलले अंकित कुमारको लागी सहयोग जुटाईंदिन भनी तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष सानु माया तामाङसंग अनुरोध गर्नु भएको थियो । यस्तै गरि अक्कल तामाङले केही आशा गरेर आफ्नो नजिकको साथी निमा शेर्पालाई यी सबै कुरा बताए । तामाङ सोसाइटी अफ अमेरिकका सक्रिय सदस्य सानुमाया तामाङ काभ्रे कै भएकोले र उहाँले भनेको कुरा सोसाइटीका पदाधिकारीले मनन गर्ने कुरा शेर्पाले तामाङलाई सुझाए । त्यसै अनुरुप तामाङले सानुमाया तामाङसंग कुरा गर्यो । मनकारी सानुमायाले तुरुन्त सस्थाका अध्यक्ष बुद्धि मान तामाङसंग कुरा गर्नु भयो ।
सोसाइटीका अध्यक्ष तामाङले तत्काल सस्थाका सदस्यहरुलाइ मौखिक जानकारी दिएर अभियान सन्चालन गर्न सोसाइटीका ट्रष्ट्री कोषाध्यक्ष तथा पूर्ब अधक्ष सानुमाया तामाङलाई संयोजन गर्न जिम्मेवारी दिनु भयो । लगत्तै सानुमायाले अभियानका प्रमुख व्यक्ती अक्कल तामाङलाई सम्पर्क गर्नु भै सोसाइटीले आफ्नै एकान्टबाट यस्तो किसिमको अभियान अहिले नचलाएको तर कुनै सदस्यले सन्चालन गरेमा हातेमालो गर्ने कुरा भए पछी सहयोग अपिलको अभियान कर्ताले नै ग्रुप बनाऊनु पर्ने बताए पछी अक्कलले तुरुन्तै फेसबुक ग्रुप बनाएर सहयोगको अपिल गरेका थिए । त्यस लगत्तै अभियानलाई अगुवाइ गरि रहेनु भएका सानुमायाले ग्रुपमा सस्थाका पुर्व अध्यक्षहरु, सल्लाहकारहरु, बोर्ड सदस्यहरु लगायत साधारण सदस्यहरुलाइ जोड्नु भै सहयोगको अपिल गर्नु भएको थियो । अभियानमा ऎक्यवद्धता जनाउँदै सस्थाका पुर्व अध्यक्षहरु, सल्लाहकारहरु, बोर्ड सदस्यहरु लगायत साधारण सदस्यहरुले व्यक्तिगत रूपमा सहयोग गर्नु भएको थियो ।
एकहप्ता मात्र सन्चालन गरेको अभियानमा २७ जना तामाङ अगुवाहरुले हातेमालो गर्द १९३७ डलर ( दुई लाख चौन्न हजार चार सय चौरासी रुपैयाँ ) जम्मा भएको थियो । यसरी जम्मा भएको सम्पुर्ण रकम अंकित कुमार तामाङको नाममा रहेको सिटिजन बैंक बानेश्वरको खातामा सबैको सल्लाह अनुसार अभियानका संयोजक सानुमाया तामाङले अगस्ट १३ मा नेपाल पठाउनु भएको थियो । यसरी आफ्नो अनुरोधलाई मनन गरि अभियान मा प्रत्येक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी हरुलाइ समाजसेवी अक्कल तामाङ तथा अंकित तामाङको बुबा अनिल कुमार तामाङ धन्यवाद दिनु भएको छ ।
सहयोगीहरुको नामावली
१.सानु माया तामाङ -$१५१
२ चन्द्र तामाङ – $105
३.तुल बहादुर तामाङ $५१
4. दावा लामा – $155
५ विशाल वीर लामा – $५१
६.फुर्बा घिसिङ -$५१
7. Shamser Yonzen – $51
8. भरत लामा (निरीक्षक) $ 101
9. नामगेल लामा लेखापाल र परिवार – $ 201
10. रोज घिसिङ – $51
11. इन्द्र सिंह लामा – $51
१२. लाख्यान लामा $५१
१३ करिश्मा लामा $५१
14. इन्द्र तामाङ $105
१५.राम गोले तामाङ $५१
१६. राम तामाङ $५१
१७. सूर्य ठोकर $५१
१८.विष्णु तामाङ $५१
१९. गोमा योन्जेन तामाङ $५१
२०. चन्द्र बज्यु तामाङ $५१
२१. सुनिता घिसिङ तामाङ $५१
22. बुद्धिमान तामाङ $101
२३. निर्मला लामा $५०
२४. कुमार दाङ $५१
२५. प्रेम लामा डोङ $५१
26. माया जेन्सेन दोङ $ 51
२७. अक्कल बहादुर तामाङ $५१
कुल – $1937