दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आरएम गजमेरको तीज गीत ‘हे डल्ली’ सार्वजनिक 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ३२ गते, बिहीबार १९:२८

काठमाडौ ।आरएम गजमेरको तीज गीत ‘हे डल्ली’को म्युजिक भिडियो सार्वजनिक भएको छ। हिन्दु नेपाली नारीहरूको महान पर्व तीज आउनै लाग्दा बजारमा तीजका गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ। त्यसै क्रममा गजमेरको ‘हे डल्ली’ सार्वजनिक भएको हो । 

विशेष गजमेर र दिलु श्रेष्ठको स्वर रहेको सो गीतमा शब्द र संगीत राजकुमार गजमेरको रहेको छ । म्युजिक भिडियोमा राजकुमार र मुईया गजमेरको अभिनय देख्न सकिन्छ । हलेसी डिजिटलमा रेकर्ड गरिएको गीतको एरेन्ज आरबी लाम सिंतानले गरेका छन्। 
आरएम गजमेर युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा निर्देशन भुवन स्यान्बो तामाङले गरेका छन् भने कोरियोग्राफर सरस्वती स्यान्बो तामाङ र सिनेमाटोग्राफरमा रामचन्द्र राई रहेका छन्। 
आर्ट सिने स्टुडियोले उत्पादन गरेको सो भिडियोमा अघिल्लो बर्ष मज्जाले तीज मनाउन नपाएको र यसबर्ष श्रीमानले श्रीमतीलाई तीज मनाउनका लागि साडी किनिदिएर माहौल बनाइदिदा खुसी भएको दृश्य देखाइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु