नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

देशको विकास र समृद्धिमा ऊर्जा क्षेत्रबाट योगदान दिन्छौँः मन्त्री बस्नेत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १ गते, शुक्रबार १६:५८

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिको लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अब ऊर्जाको विषय सामान्य पूर्वाधार र उज्यालोसँग मात्रै सम्बन्धित नभएको बताउनुभएको हो । उहाँले ऊर्जालाई देशको विकास र समृद्धिको लागि प्रयोग गर्ने अभियानका साथ अगाडी बढेको बताउनु भयो । उहाँले ऊर्जा केवल घरायसी प्रयोजनका लागि मात्रै नभई देशको अर्थतन्त्रलाई चलायमान बनाउनेगरी प्रयोग गरिने बताउनु भयो । उहाँले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भयो । मन्त्री बस्नेतले कृषि, पर्यटन, औद्योगिकरण र समग्र अर्थतन्त्रको विकासका लागि ऊर्जा भन्ने एजेण्डालाई गम्भिरताका साथ उठाएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हामीले भनेका छौँ सबैको लागि ऊर्जा । आगामी दुई वर्षभित्र राष्ट्रव्यापी रुपमा पूर्ण विद्युतिकरण । देशभरी पूर्ण विद्युतिकरणको लक्ष्य निर्धारण गरेका छौँ । पाँच वटा प्रदेशमा यसै आर्थिक वर्षमा, दुईवटा प्रदेशमा आगामी आर्थिक वर्षमा कम्प्लिट गर्नेगरी पूर्ण विद्युतिकरण जसलाई हामीले सबैका लागि स्वच्छ ऊर्जाको सुनिश्चित गर्ने मिसनका साथ काम गरिराखेका छौँ । विकासको लागि ऊर्जा र समृद्धिको लागि ऊर्जा । हामीले यो अभियान, यो मिसन अन्तर्गत पनि काम गरिराखेका छौँ । यो सामान्य पूर्वाधारको कुरा मात्रै छैन । यसले मुलुकको समग्र अर्थतन्त्रलाई, यो एउटा सेवा प्रवाहको क्षेत्रमात्र भएन । उज्यालोको कुरा मात्र भएन । यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने, समग्र आर्थिक विकासमा प्रत्यक्ष योगदान गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउनको लागि योगदान गर्ने, त्यसको पूर्वाधारको रुपमा काम गर्ने यसको बहुआयामिक अर्थ एवं महत्व जहाँनेर छ यो सबै दृष्टिले हेरेर अब हामी घरायसी प्रयोजनका लागि मात्र विद्युतिकरणको कुरा गरिराखेका छैनौँ । हामी उद्योगधन्दाहरु अर्थात आर्थिक विकासका पूर्वाधारहरुको लागि मात्रै पनि कुरा गरिराखेका छैनौँ । खपत क्षमता वृद्धि गर्दै विद्युत निर्यातको कुरा गरिराखेका छौँ । निर्यात व्यापारको कुरा गरिराखेका छौँ र आर्थिक समृद्धिमा अझ प्रत्यक्ष योगदान पुग्ने विश्वास पनि हामीले लिइराखेका छौँ । त्यसैले सबैको लागि ऊर्जा । कृषिको लागि, पर्यटन व्यवसायको प्रवद्र्धनको लागि, औद्योगिकरणका लागि र समग्र अर्थतन्त्रका लागि हामीले विकासका लागि ऊर्जा, समृद्धिका लागि ऊर्जाको एजेण्डालाई त्यही महत्व र गम्भिरताका साथ उठाएका छौँ ।’

उहाँले सरकारले स्वच्छ वातावरणका लागि नविकरणीय ऊर्जाको कुरा पनि महत्वका साथ उठाएको बताउनु भयो । मन्त्री बस्नेतले ऊर्जा विकासको समग्र रणनीतिको १० वर्षे रोडम्याप बनाउने र सोही अनुसार काम गर्ने पनि बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु