‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

काठमाडौँबाट पूर्व चल्ने बस एउटै व्यवस्थापनमार्फत सञ्चालन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ३ गते, आईतवार १४:२०

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक बस एउटै व्यवस्थापन मार्फत सञ्चालन हुन थालेको छन् ।

यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’ मार्फत सञ्चालन हुन थालेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत देशभरका तीस भन्दा बढी प्रालिमार्फत छुट्टाछुट्टै रुपमा सञ्चालन हुँदै आएको बस एउटै व्यवस्थापनमा सञ्चालन हुन थालेको पूर्व यातायात व्यवस्थापन प्रालिका अध्यक्ष रजन रोक्काले जानकारी दिनुभयो ।

उक्त कम्पनीमार्फत काठमाडौँबाट काँकडभिट्टा, चितवन, मकवानपुर, बारा, पर्सा, सर्लाही, सप्तरी, धनुषा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतका क्षेत्रमा सवारीसाधन आवतजावत गर्दै आएको प्रालिका सञ्चालक सुनिल कुँवरले जानकारी दिनुभयो ।

आगामी दिनमा पूर्व क्षेत्रमा चल्ने सबै व्यवसायीलाई समेट्दै लैजाने प्रालिका अध्यक्ष रोक्काको भनाई छ । हाल काठमाडौँबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, मकालु, मेची एयर, महालक्ष्मी, स्वयम्भू, मेट्रो कोसी, जगतमाता पाथीभरालगायत कम्पनीका बसहरु सञ्चालन हुँदै आएका छन् ।

पूर्व यातायात व्यवस्थापन प्रालिको आज उद्घाटन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष बिजयबहादुर स्वाँरले यातायात क्षेत्रलाई व्यवस्थित र प्रविधिमैत्री ढङ्गले सञ्चालन गर्नका लागि महासङ्घले काम गरिरहेको बताउनुभयो । “यातायात क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा ऐनमा समावेश गर्नेबारे महासङ्घ अगाडि बढेको छ,”– उहाँले भन्नुभयो ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवरले अस्तव्यस्त रुपमा रहेको देशको राष्ट्रिय बसपार्क नयाँ बसपार्कलाई नमूना बसपार्कको रुपमा स्थापित गर्न आफूहरु लागिपरेको बताउनुभयो ।

“यातायात व्यवसायी र यस क्षेत्रमा कार्यरत मजदुरको समन्वयमा नयाँ बसपार्कलाई व्यवस्थित बनाउन लागेका छौँ,”–उहाँले भन्नुभयो । नयाँ बसपार्कभित्र कार्यरत विचौलियाको अन्त्य हुनुपर्ने उहाँको भनाई थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले व्यवसायीको लगानीको संरक्षण गर्दै नेपालको यातायात क्षेत्रलाई नमूना बनाउनका लागि व्यवस्थापन प्रालिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नारायणी पूर्वका सबै क्षेत्रमा सञ्चालन हुने बस व्यवसायीलाई एउटै छाताभित्र ल्याएर सञ्चालन गर्ने निर्णयअनुसार पूर्व यातायात व्यवस्थापन प्रालिमार्फत बस सञ्चालन सुरु गरिएको प्रालिका सञ्चालक ईन्द्रबहादुर सापकोटाले बताउनुभयो ।

उक्त व्यवस्थापनअन्तर्गत हाल काठमाडौँबाट पूर्व क्षेत्रमा दैनिक ५०० भन्दा बढी सार्वजनिक सवारीसाधन आवतजावत गर्नेछन् । हाल काठमाडौँको नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वरलगायतका क्षेत्रबाट पूर्व क्षेत्रमा बस सञ्चालन हुँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु