दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रेडिअन्ट क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ४ गते, सोमबार ८:२०

काठमाडौ ।रेडिअन्ट पब्लिक दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा रेडिअन्टले ब्राइट होराइजनलाई १३–१२ को झीनो अन्तरले पराजित ग¥यो । रेडिअन्टको जितमा दिब्यान्शा कार्कीले ९ अंक योगदान गरिन् । सिनियर ब्वाइजमा राकेश भुजेलको ४३ अंक सहयोगमा पिपुल्स एकेडेमीले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई ७३–६५ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो ।
सिनियर ब्वाइजमा काठमाडौं भ्याली, रानीवनले साइ निलायमलाई ४२–२३, जेबी इङलिसले बिग बुद्धलाई ५८–३१, कान्तिपुरले ग्रिनफिल्ड ‘सी’ लाई ३८–२९ र ब्राइट होराइजनले द एक्सेल्सियर स्कुललाई ५१–२३ ले पाखा लगाए ।
सिनियर गल्र्समा जेसिस इन्टरनेसनलले ग्रिनफिल्ड ‘सी’ लाई १९–११ तथा संस्कृतिले हेम्सलाई २०–१४ ले पन्छाए । जुनियर ब्वाइजमा सिर्जना ज्ञान सागरले किङडम हिमालयलाई २४–२१ ले पराजित ग¥यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु