दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संविधान बनाउँदाको गल्तीका कारण मुलुक अफ्ठ्यारोमा परेको छः अध्यक्ष यादव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ४ गते, सोमबार १७:४२

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणका क्रममा गरिएको गल्तीका कारण अहिले मुलुक अपm्ठ्यारोमा परेको बताउनुभएको छ ।

सोमबार नेपाली काँग्रेसका नेता स्वर्गिय प्रदिप गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले मुलुक अपm्ठ्यारो स्थितिमा परेको बताउनुभएको हो । उहाँले संविधान निर्माणका क्रममा गल्ती गरेका कारण अहिले मुलुकमा अपm्ठ्यारो स्थिति आएको उहाँको भनाई छ । वर्तमान संविधानले अन्तरिम संविधानले जनतालाई दिएको अधिकारलाई समेत सम्बोधन गर्न नसकेको उहाँले बताउनु भयो । उहाँले संविधानले भविष्यलाई नदेखेको पनि बताउनु भयो । अध्यक्ष यादवले सोही कारण आफू र स्वर्गिय गिरी लगायतले संविधानमा हस्ताक्षर नगरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘हामी दुई जनाले यो संविधान हस्ताक्षर गरेनौँ । किन हो त भन्दाखेरी यो संविधानले कमसेकम अन्तरिक संविधानमा जनताले प्राप्त गरेको अधिकार समेतलाई पनि सम्बोधन गर्न सकेन । यसले समानुपातिक समावेशिता, सही मानेको संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रका बलिया आधारहरु, शासकिय स्वरुप, निर्वाचन प्रणाली जस्ता महत्वपूर्ण पक्षमा जुन संविधानमा आएको छ त्यसमा उहाँको बिमति थियो । र उहाँको बिचार, हाम्रो सोच, चिन्तन एकै ठाउँमा थियो । त्यसैकारणले आज सबैले महशुस गरेका छन् कि संविधान निर्माणमा धेरै गल्तीहरु भएका छन् । जुन गल्ति, कमीकमजोरीले गर्दा अहिले पनि मुलुक अपm्ठ्यारोमा परेको छ । त्यसकारणले यो संविधानले भविष्यलाई देखेन । र यसले मुलुुकलाई गति दिन सक्दैन भनेर नै हामी दुई जनाले हस्ताक्षर नगरेको । आज मुलुक दिशाहिनताको अवस्थामा, अर्थतन्त्र खस्किदै गएको अवस्थामा, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग धरासायी हुँदै गएको अवस्थामा मुलुकलाई ट्रयाकमा ल्याउनका लागि अझ चिन्तनको आवश्यकता छ ।’

अध्यक्ष यादवले मुलुक दिशाहीनताको अवस्थामा गएको बताउनु भयो । उहाँले अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कृषि र उद्योग धरासायी हुँदै गएको भन्दै मुलुकलाई ट्रयाकमा ल्याउन चिन्तनको आवश्यकता रहेको बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु