शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

एक्सेल्सियर र ज्ञान निकेतन क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ४ गते, सोमबार १९:५१

काठमाडौं, भदौ ४ गते । द एक्सेल्सियर स्कुल र ज्ञान निकेतन दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
एक्सेल्सियरले कान्तिपुरलाई ३१–१३ ले पराजित ग¥यो । एक्सेल्सियरको जितमा राजीव थापाले ९ अंक योगदान गरे । आयुश रावलको २० अंक सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई ५०–४१ ले हरायो ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले स्वप्न वाटिकालाई ३०–१४, रेडिअन्टले श्रीजना ज्ञान सागरलाई २२–१६, आयोजक ग्रिनफिल्ड ‘ए’ ले हिमरश्मीलाई ३२–२१, ज्ञान निकेतनले श्री नवीन ज्योतिलाई २९–१२, किङडम हिमालयले महामञ्जुश्रीलाई १३–११ र इडेन ब्रिज एकेडेमी (इबीए) ले साइ निलायमलाई २४–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
सिनियर गल्र्समा महामञ्जुश्रीले हिमरश्मीलाई १८–१७, भ्याली पब्लिकले पिपुल्स एकेडेमीलाई ३८–१८ र साइ निलायमले इबीएलाई २२–१२ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु