दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सरकारको स्थायीत्वका लागि मैले पद त्याग गरे ः मन्त्री मोदी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ५ गते, मंगलवार १५:१४

काठमाडौं । पूर्वमन्त्री अमन लाल मोदीले सरकारको स्थायीत्वका लागि आफूले पद त्याग गरेको बताएका छन् ।

काठमाडौंमा थारु समुदायले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । पछिल्लो समय सहजै पद त्याग गर्ने परिपाटी हराउँदै गएको बताउँदै उनले भने, ‘अहिले हराउँदै गएको त्यागको परिपाटीलाई जागृत गराउनका लागि मैले सहजै पद त्याग गरे ।’

सरकारको स्थायीत्वलाई ध्यान दिँदै आफूले पद त्याग गरेको उनको भनाई थियो । ‘सरकारको स्थायीत्वका लागि कसै न कसैको त्याग आवश्यक थियो, त्यो त्यागको लागि म अगाडि सरे, मैले आफैँले सहज तरिकाले पद छाडेको हुँ’ कार्यक्रमका पूर्ववक्ताहरुले मन्त्रीबाट मोदीलाई फिर्ता बोलाएकोप्रति असन्तुष्टि पोखेपछि थप प्रष्ट्याउँदै उनले थपे, ‘सरकार सुशासन कायम गर्ने दिशामा अगाडि बढिरहेको छ, यो कुरा कैयन् राजनीतिक दल र शक्ति केन्द्रलाई चित्त बुझिरहेको छैन । सरकारलाई अप्ठ्यारो पार्ने गतिविधि बढिरहेको छ । सरकारलाई मजबुद बनाउनका लागि प्रधानमन्त्रीलाई सहजता पैदा गराउनका लागि मैले पद त्याग गरेको हुँ ।’

राजनीतिक रुपमा जिम्मेवारी आउने र जाने प्रक्रिया स्वभाविक भएको समेत उनको भनाई थियो । उनले थपे ‘जसले पदलाई सधैँ रहन्छ भन्ने सोच्छ, त्यो भुल हुन्छ । पदमा रहँदा देश र जनताको पक्षमा काम गरे कि गरेनन्, यो चाहिँ महत्वपूर्ण कुरा हो । मैले मेरो विवेकले भ्याएसम्म देश र जनताकै पक्षमा दूरगामी निर्णयहरु गरेँ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु