दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कम्बोडियाको नयाँ प्रधानमन्त्रीमा हुन मानेट, ५१ सदस्यीय मन्त्रीपरिषद् बिस्तार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ५ गते, मंगलवार २०:००

कम्बोडियाको राष्ट्रिय सभाबाट हुन मानेट पाँच वर्षको कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।

मंगलवार हुन मानेटलाई कम्बोडियाको राष्ट्रिय सभाले पाँच वर्षको कार्यकालको लागि नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो । उहाँ कम्बोडियन पिपुल्स पार्टी (सिपिसी) को नेता हुनुहुन्छ । सिपिसीले जुलाई २३ को आम चुनावमा ठूलो जित हासिल गरेको थियो । राष्ट्रिय सभा बैठकमा उपस्थित करिव १२३ सांसदले उहाँलाई नयाँ प्रधानमन्त्रीको लागि मत दिएका थिए । राष्ट्रिय सभाले सन् २०२३ देखि २०२८ सम्मको कार्यकालका लागि हुन मानेटको नयाँ मन्त्रीपरिषद् सदस्यहरुलाई समेत अनुमोदन गरेको छ । मतदानबाट निर्वाचित भएसँगै सांसदहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मानेटले कम्बोडियाको लागि आजको दिन ऐतिहासिक दिन भएको बताउनु भयो । उहाँले आफू र आफ्नो मन्त्रीपरिषद्लाई विश्वासको मत दिएकोमा न्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले देशको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, शान्ति स्थायित्व, सुरक्षा र जनताको रक्षा गर्नुका साथै अर्थतन्त्र थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मानेट नेतृत्वको नयाँ मन्त्रीपरिषद्मा १० उपप्रधानमन्त्री, ११ वरिष्ठ मन्त्री र ३० जना मन्त्रीहरु रहेका छन् । उनीहरुले आज दिउँसो राजाको राजदरबारमा नोरोदोम सिहामोनीसँग शपथ लिनेछन् । ४५ वर्षीय मानेटले ३८ वर्षभन्दा बढी प्रधानमन्त्री भएका आफ्ना ७१ वर्षीय पिता सम्देच टेको हुन सेनको उत्तराधिकारीका रुपमा काम अघि बढाउनु हुनेछ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु