बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

नेगीलाई छैटौं डान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ६ गते, बुधबार ०७:००

काठमाडौ ।राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा तेक्वान्दो मुख्यालय कुकिवनबाट छैटौं डानको प्रमाण पत्र प्राप्त गरेका छन् । नेगीलाई नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले कुकिवनबाट प्राप्त छैटौं डानको प्रमाण पत्र मंगलबार हस्तान्तरण गरे ।
छैटौं डान प्राप्त गर्न नेपाल तेक्वान्दो संघबाट ६ औं डानको ग्रेडिङमा उत्तिर्ण गरेको हुनु पर्ने, व्ष्तबभ, क्जष्उवष्ल, एथयलनधयल तथा त्बभदबभप पुम्से तथा स्पारिङ्गको भिडियो पठाउनु पर्ने र कुनै विषयमा थेसिस लेखेर हेडक्वाटर कुक्किवन कोरियामा पठाउनु पर्ने हुन्छ । पारा तेक्वान्दो इन नेपालमा थेसिस लेखेर पठाएको नेगीले जनाएका छन् ।
नेगीले सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम समहाल्दै आएका छन् । टोकियो २०२० पारा ओलम्पिकमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले दुई फाईट जितेर इतिहास रच्दा नेगी प्रशिक्षकका रुपमा टोकियो गएका थिए ।
बहराइनमा भएको एसियन युथ पारा गेम्स– २०२१ मा नेपालले पारा तेक्वान्दोमा १ स्वर्ण, १ रजत, १ काँस्य पदक जित्दा पनि नेगी टोली प्रशिक्षक थिए । नेगीको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय पारा तेक्वान्दोअन्तर्गत ८ औं वल्र्ड च्याम्पियनसिप–२०१९ टर्कीमा १ कास्य, साउदी अरवियामा भएको रियाद २०२२ वल्र्ड ग्रान्ड प्रिक्स फाईनल जि–१० प्रतियोगितामा सिर्जना घिसिङले वल्र्ड ¥याङकिङमा रहेका टर्की, मेक्सिको र ब्राजिलका खेलाडीलाई पराजय गरेर एतिहासिक स्वर्ण जितेको थियो ।
पलेशा गोर्वधन २०१५ तथा सिर्जना घिसिङ २०१९ देखि आफूसंग प्रशिक्षण गर्दै आईरहेको नेगीले जानकारी गराए । नेगीका अनुसार हाल पलेशा गोर्वधन र सिर्जना घिसिङ विश्व वरीयताको ७ औं स्थानमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु