दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जितबहादुरलाई कोरियामा दोहोरो स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ६ गते, बुधबार ७:०५

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी जितबहादुर बोटले दक्षिण कोरियामा दोहोरो स्वर्ण पदक जितेका छन् । १३ औं सागका दोहोरो कांस्य पदक विजेता बोटले कोरियामा आठौं डेजोन कप इन्टरनेसनल खुला तेक्वान्दो च्याम्पियनसिप र गङ्वन चुनचुवान वल्र्ड तेक्वान्दो कल्चर फेस्टिभलमा स्वर्ण पदक जितेका हुन् ।
गत अगष्ट ११ देखि १६ तारिखसम्म आयोजना भएको आठौं डेजोन कप इन्टरनेसनलमा जितबहादुरले ३० वर्षमुनिको एकल पुम्सेमा प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी दक्षिण कोरियामै अगष्ट १८ देखि २० तारिखसम्म आयोजना भएको गङ्वन चुनचुवान वल्र्ड तेक्वान्दो कल्चर फेस्टिभलमा १३ औं सागकी स्वर्ण विजेता पार्वती गुरुङसँग मिलेर ३० वर्षमुनिको पेयर पुम्सेमा जितबहादुरले स्वर्ण पदक जितेका हुन् । १३ औं सागमा जितबहादुर बोटले पेयर पुम्से र टिम पुम्सेमा कांस्य पदक जितेका थिए । यसैगरी पार्वती गुरुङले एकल पुम्सेमा स्वर्ण र पेयर पुम्सेमा कांस्य पदक जितेकी थिइन् । पेयर पुम्सेमा जितबहादुर र पार्वतीले नै प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु