बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

मुक्त फाउण्डेशनको आयोजनामा मंसिर २१ र २२ गते प्रथम ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ७ गते, बिहीबार ०५:५७

काठमाडौं, ६ भदौ । मुक्त फाउन्डेसनको आयोजनामा प्रथम ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । उक्त कार्यक्रममा गण्डकी विश्वविद्यालय, त्रि–चन्द्र क्याम्पस (मानवशास्त्र विभाग), त्रिचन्द्र मानवशास्त्र समाजलगायत अन्य विभिन्न संघ तथा संस्थाहरुको सहकार्य रहेको छ ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मुक्त फाउन्डेसनले आगामी मंसिर २१ र २२ गतेका लागि पर्यटकीय नगरी पोखरामा सम्मेलनको आयोजना गरिएको बताएको हो । कार्यक्रममा नेपाल र भारत, दक्षिणपूर्वी एसिया र युरोप अमेरिकाबाट विभिन्न व्यक्ति र संस्थाहरुले सहभागिता जनाउने बताइएको छ । विभिन्न देशबाट आएका र नेपालका सहभागीहरुले ३० वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।
पोखरामा हुने उक्त कार्यक्रममा देशका विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक तथा सांस्कृतिक र पर्यटकीय क्षेत्रमा आवद्ध पाँच सयभन्दा बढि व्यक्तिहरु सहभागी हुने आयोजकको भनाई छ । सम्मेलनले नेपालको हिमाली पर्यावरण, हिमाली सभ्यता र संस्कृतिबीचको अन्तर सम्बन्ध र यसमा आधारित वैदिक आध्यात्मिक ज्ञानको उन्नयन र विकासका पक्षमा नयाँ ढोका खोल्ने मुक्त फाउण्डेशनका अध्यक्ष दामोदर त्रिपाठीले बताए ।
‘हिमाली क्षेत्र संसारको विशिष्ट क्षेत्र हो । यसलाई हामी तेस्रो ध्रुब पनि भन्छौं । यो पूर्व वर्मादेखि इरानसम्म फैलिएको आठ हजार मिटर लामो हिमाली खण्ड हो । यसको विशिष्ट भौगोलिक र पर्यावरणीय कारणले गर्दाखेरि मान्छेहरुको रहनसहन, बसोबास पनि भिन्न प्रकृतिको छ । विश्वमा जहाँसुकै बसेर यो क्षेत्रको अध्ययन गरेकाहरु यो सम्मेलनमा आउने छन्,’– उनले भने ।
सम्मेलनले नेपालको हिमाली क्षेत्रलाई प्राकृतिक र शाहासीक पर्यटनका अलावा आध्यात्मिक÷धार्मिक अध्ययन तथा पर्यटनको एक केन्द्रको रुपमा थप विकास गर्न महत्वपूर्ण प्राज्ञिक आधार प्रदान गर्ने आयोजकको विश्वास रहेको छ ।
ऋग्वैदिक समाज र संस्कृतिका सकारात्मक पक्षहरुका सम्बन्धमा आम मानिसहरुका धारणा र मान्यतालाई पुर्नजाग्रित गर्न यो सम्मेलन कोशेढुंगा सावित हुने बताइएको छ । कार्यक्रममा वैदिक साधक ग्यारी मिलरले आफ्नो धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु