दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जाम नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा सागर गजुरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ८ गते, शुक्रबार १४:३९

काठमाडौं । जर्नालिष्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम नेपाल) को नयाँ नेतृत्व चयन भएको छ ।

बिहीबार राजधानीमा सम्पन्न जामको दोस्रो धारणसभाले अध्यक्ष सागर गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । एक दशक भन्दा बढी अटोमोबाइल्स क्षेत्रमा रहेर कलम चलाउदै आएका गजुरेल मेरो अटो डटकममा आवद्ध छन् ।

यसैगरी जामको उपाध्यक्षमा आर्थिक आवाज डटकमका सुरेन्द्र पौडल चयन भएका छन् भने महासचिवमा अटोमोवाइल म्यागेजिनका तोयानाथ पौडेल चयन भएका छन् । जामको सचिवमा रातोपाटी डटकमका प्रयास श्रेष्ठ र कोषाध्यक्षमा नेपाल खवर डटकमका वसन्त अर्याल चयन भएका छन् ।

जामको कार्यसमिति सदस्यहरुमा अटो नेपाल म्यागेजिनका रोशन श्रेष्ठ, चाणक्य पोष्ट डटकमका उज्ज्वल घिमिरे, मेरो लगानी डटकमका युवराज बस्नेत, नेपाल ड्राइभ डटकमका सौरभ नेपाल, क्यापिटल नेपाल डटकमका सुधिर भण्डारी, बिजमाण्डु डटकमका शुक्र गिरी र क्लिकमाण्डु डटकमका आरिश्मा मोक्तान चयन भएका छन् ।

नि वर्तमान अध्यक्षसहित जाम नेपालको कूल १३ सदस्यीय पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । नवनियुक्त कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ । यसअघिको जाम नेपालको अध्यक्षमा उज्ज्वल जंग शाह रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु