तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एन्जल्स हार्ट र ज्ञान निकेतन फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ९ गते, शनिबार ६:०२

काठमाडौं, भदौ ८ गते ।एन्जल्स हार्ट र ज्ञान निकेतन दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले आयोजक ग्रिनफिल्ड नेसनल स्कुललाई २७–२५ को साँघुरो अन्तरले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा अदित पुनले ८ अंक योगदान गरे । जेसन घलानको १२ अंक सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई २५–२३ को झीनो अन्तरले हरायो ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड र जेनिथले उपाधि भिडन्त पक्का गरे । ग्रिनल्यान्डले ज्ञान निकेतनलाई ७९–६१ ले पाखा लगायो । ग्रिनल्यान्डका सविन गुरुङले ३४ स्कोर गरे । जेनिथले जेबी इङलिस स्कुलमाथि ५९–५८ को कठिन जित दर्ता ग¥यो । जेनिथका लागि सुशिल शाहीले २३ अंक जोडे ।
सिनियर गल्र्समा भ्याली पब्लिक र संस्कृति उपाधिका लागि भिड्ने भएका छन् । भ्याली पब्लिकले जेसिस इन्टरनेसनललाई ४१–१२ ले सहजै पन्छायो । भ्याली पब्लिककी मुस्कान गुरुङले १८ स्कोर गरिन् । रिब्स विरुद्धको प्रतिस्पर्धामा संस्कृति २४–११ ले विजयी भयो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु