शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

टर्कीको अन्टाल्यामा विदेशी पर्यटकको संख्या ८ महिनामा एक करोड नाघ्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ९ गते, शनिबार १७:३२

टर्कीको दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्टाल्यामा जनवरी १ देखि अगस्ट २२ सम्म १ करोड विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् ।

१ लाख भन्दा बढी पर्यटकहरु हवाई यात्राबाट आएको तथ्यांक बाहिरिएको हो । स्थानीय संस्कृति तथा पर्यटन अधिकारीहरुले शुक्रवार यसबारेमा जानकारी गराएका थिए । अघिल्लो वर्षको तुलनामा जनवरी १ देखि अगस्ट २३ सम्म २० प्रतिशतले बढेका छन् । अगस्ट १ देखि १८ सम्म करिव १८ लाख ८८ हजार विदेशी पर्यटकहरु अन्टाल्या भ्रमणमा पुगेका छन् । यो गत वर्षको यही समयावधिमा १० प्रतिशतले बढी हो । पर्यटन क्षेत्र टर्कीको मुख्य आर्थिक आयश्रोत हो । पर्यटनले टर्कीमा देशको कुल गार्हस्थ्य उत्पादनमा करिव १० प्रतिशत योगदान दिन्छ । पर्यटनले टर्कीमा करिव १७ लाख मानिसलाई रोजगारी दिएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु