नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

सामाजिक द्वन्द्व फैलाएर अनियमितता लुकाउने प्रयास भयोः रवि लामिछाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ९ गते, शनिबार १७:३६

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताउनु भयो । उहाँले समाजको सद्भाव खल्बल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गर्नुभयो । उहाँले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गर्नुभयो । उहाँले कानूनी रुपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउेन कार्य नगर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले पनि कतिपय मानिसहरु प्रश्न सोध्नुहुन्छ, त्यो प्रश्नभित्र नियत बसेको हुन्छ । आजै मैले बोलेका कुरा जति बंग्याएर हालेपनि हुन्छ । बंग्याएर, टिंग्याएर, गलत हेडलाइन दिएर जुधाउने एउटा जाति र अर्को जातिलाई लडाउने अभिव्यक्ति दिने त्यस्ता मिडिया हेर्दा पनि नहेर्नुुस्, त्यस्तास सोसल मिडिया अकाउण्ट भएका मानिसहरु ब्लक गर्नुहोस् । समाजको सद्भाव खल्बल्याउने मान्छेहरु किन ब्लक नगर्ने ? समाज सद्भाव बोक्ने बान्छेलाई खोज्ने हो । फूल रोप्ने मान्छेलाई खोजि खोजि माया गरौँ, काँडाले घोच्ने मान्छेबाट टाढा बसौँ । हाम्रो दुश्मन, गरिबी र अशिक्षा हो । बेरोजगारी हो । यो साझा दुश्मन हो । आज जातिय सद्भाव भड्काउन पाइयो भने त भ्रष्टाचारका यत्रा काण्डहरु सामसुम, थामथुम, हुन्छन् भनेर त्यतातिर तपाईलाई आगो झोसिरहेका छन्, खबरदार । यो आगोमा म पेट्रोल मट्टितेल हाल्दिन । कानूनी रुपमा वर्जित काम गर्न पाइँदैन । कानूनी राज्यमा कानूनले जे भन्छ त्यसलाई मान्नुपर्छ । एक अर्काको आस्था र विश्वासमा आँच आउेन कार्य हामी कसैले गर्नु हुँदैन । सद्भाव खल्बल्याएर त्यसबाट राजनीतिको रोटी सेक्ने कुरा कसैले पनि गर्नु हुँदैन ।’

सभापति लामिछानेले सामाजिक सद्भाव खल्बल्याएर राजनीतिको राटी सेक्ने काम गर्न नहुने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु