बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

डेरी एसोसिएसनले रैथाने हाट बजारमा महि सेवनको अभियान “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ९ गते, शनिबार १८:१७

भाद्र – ९ गते काठमाडौं , रैथाने हाट बजारमा निःशुल्क महि सेवन गराउन नेपाल डेरी एसोसिएसनले सम्झौता गरेको छ । नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. काठमाडौं बिच सम्झौता अनुसार आज मिति २०८०।०५।०९ गतेका दिन एक औपचारीक कार्यक्रम गरि दुबै संस्थाका अध्यक्ष प्रल्हाद नेपाल डेरी एसोसिएसन र टिलक ढकाल रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि.बिच सम्झौता पत्रमा हस्ताक्षर गरि लिने र दिने कार्य सम्पन्न भयो । कार्यक्रममा प्रमूख अतिथि पूर्व संस्कृति तथा पर्यटन प्रदेश मन्त्री याङ्गकिला शेर्पा र विशेष अतिथि बागमती प्रदेश सांसद रमेश कुमार महत हुनुहुन्थ्यो । अन्य उपस्थितिमा मकवानपुर गाउँपालिका अध्यक्ष दोर्जे लामा, अनाजका अध्यक्ष किरण आचार्य, टक्सार न्यूजका सम्पादक हिम बिष्ट, नेपाल डेरी एसोसिएसनमा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, सदस्य शिव घिमिरे, नवराज तिमल्सिना, रमेश सञ्जेल, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, काठमाडौं जिल्ला समितिका सचिव शिव प्रसाद तिमल्सिना र सदस्य जयराम घिमिरे, ललितपुर दुग्ध व्यवसायी समितिका उपाध्यक्ष दिपक सञ्जेल, कोषाध्यक्ष हुद्धराज तिमल्सिना लगायत अन्य थुप्रै दुग्ध व्यवसायीहरुको उपस्थििति रहेको थियो ।

एसोसिएसनको सहयोगमा अब प्रत्येक शनिबार काठमाडौंको दरबार मार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रि वितरणका लागि आयोजना गरिएको हाट बजारमा प्रत्यक्ष ठेकीमा महि तुलाही निःशुल्क खुवाउने कार्यक्रम रहनेछ । यो अभियानले युवा पुस्तामा हाम्रा मौलिक उत्पादन र रैथाने उत्पादनको ज्ञान प्रदान गर्न सहयोग पुग्नेछ। नेपाल डेरी एसोसिएसनले आफैं शुरूवात गरेको यो अभियान आज ठूलो अभियान कर्ता रैथानेसँग जोडिएर गर्न लागेकोले यसले थप प्रोत्साहन पक्कै पनि पाउनेछ भन्ने कुरामा थप विश्वास रहेको कुरा एसोसिएसन बागमती अध्यक्ष टीका प्रसाद घिमिरेले बताए। आशा छ आगामी दिनमा पनि एसोसिएसनको तर्फबाट यस्तै किसिमको साथ र सहयोग रहने कुरामा हामी ढुक्क छौं भन्ने रैथानेको तर्फबाट अध्यक्ष तिलक ढकालले बताए । कार्यक्रममा प्रमूख अतिथि शेपाले रैथाने किसिमका सम्पूर्ण वस्तुहरु बजारमा यथेष्ट रुपमा उपलब्ध गराउन अझ जुझारु तरिकाले लाग्न, हाम्रो परम्परा जोगाउँदै र पर्यटन र संस्कृति बचाउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्ट्सले ठूलो भुमिका खेलेकोमा बधाई दिंदै आउँदा दिनका लागि शुभकामना दिनुभयो । विशेष अतिथि बागमती प्रदेशका सांसद महतले रैथाने हाट बजारको योजना प्रस्तुत गर्नुभएकोमा धन्यवाद दिंदै बागमति प्रदेशले समेत यसलाई सहयोग गर्ने कुरा राख्ने र नेपाल डेरी एसोसिएसनले पूर्ण रुपमा निशुल्क मही उपलब्ध गराएकोमा आभार प्रकट गर्नुभयो । गाउँपालका अध्यक्ष लामाले आन्तरिक उत्पादनको प्रमोट गर्न हरसम्भव कामहरु गर्ने र स्थानिय उत्पादनमा जोड दिने र आफ्नो संस्कति बचाउनेमा सदैव लाग्ने कुरा बताउनु भयो । रैथाने एग्री प्रडक्ट्सका तिलक ढकालले आफ्ना सन्ततीले अब रैथाने किसिमका उत्पादन र संस्कृति बिर्संदै आएकाले यसको जगेर्नाका गर्नका लागि अहोरात्र खटिएको कुरा राख्दै नेपाल डेरी एसोसिएसनलाई धन्यवाद दिनुभयो । अन्त्यमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले यस्तो किसिमको काममा आफ्नो सदैव साथ रहने, मही अभियान नेपाल डेरी एसोसिएसनले धेरै वर्ष अघिदेखि शुरु गरेको र आज यस रैथाने हाट बजारमा प्रत्यक्ष मही तुलाई पिलाउँन पाउँदा ज्यादै खुशी लागेको र यसरी संस्कृति र परम्परा जोगानका लागि नेपाल डेरी एसोसिएसन संधै अग्रणीस्थानमा रहने कुरा बताउँदै यो कार्यका लागि साथ दिनुहुन सबैमा नेपाल डेरी एसोसिएशनको तर्फबाट अध्यक्ष प्रह्लाद दाहालले सबैलाई विशेष धन्यवाद ज्ञापन दिनुभयो ।

अब प्रत्येक हप्ता लाग्ने हाट बजारमा बिहान ६ बजेबाट बिहान १२ भित्र सबैजना उपस्थित भइ हाम्रा रैथाने कृषि सामाग्री अबलोकन एवं खरिद गर्न हुन अनुरोध छ । साथै आउँदा आफ्ना बालबालिकालाई पनि सँगै ल्याउनु हुन अनुरोध छ । यसो गर्दा हाम्रा बालबालिकाले हाम्रो रैथाने उत्पादनको बारे जानकारी दिन सहयोग गरौं । हाट बजारमा घरको भान्सामा आवश्यक सबै किसिमका सामान उपलब्ध छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु