दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कार्की बने‘फेस अफ द नेशन २०२३’ को उपाधी विजेता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १० गते, आईतवार १२:२५

काठमाडौं। ‘फेस अफ द नेशन २०२३’ को उपाधी बबिराज कार्कीले जितेका छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा १५ प्रतिस्पर्धीलाई उछिन्दै कार्कीले शिर्ष उपाधी जितेका हुन् ।

त्यसैगरि आलोक महर्जनले फर्स्ट रनर अपको उपाधीसंगै बेष्ट ट्यालेण्टको अवार्ड हात पारे भने शुभेक्षा बस्नेतले सेकेन्ड रनर अपको उपाधीसहित भ्युअर च्वाईसको अवार्ड हात पारिन् ।

बिधागत अवार्ड तर्फ पब्लिक च्वाईसमा आशिष थापा मगर र पब्लिक च्वाइसकै रनर अपमा प्रकृती तामाङ्ग विजयी भएका

प्रतियोगितामा सरोज ओझा, रेजिना तुलाधर, महेश के.सी., माधवराज खरेल, बिनोद ढकाल, डा. रमानन्द चौधरी, मनोज जोशी र शुभेक्षा ढकाल निर्णायक रहेका थिए।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको इभेन्ट निर्देशन परमानन्द चौधरीले गरेका हुन । प्रतियोगिता मोडल सङ्ग्स नेपालले आयोजना गरेको हो ।

यस प्रतियोगितामा भाग लिन नेपालभरबाट सय भन्दा बढिले आवेदन दिएकोमा प्रशिक्षण लिएका १६ जनालाई अन्तिम प्रतिस्पर्धामा उतारिएको जानकारी दिदै मोडल सङ्ग्स नेपालकी अध्यक्ष स्वस्ती दंगालले भनिन् ‘यस प्रतियोगितामा भाग लिन नेपालभरबाट सय भन्दा बढिले आवेदन दिएकामा छनोटचरण पार गरेर आएका प्रतियोगीलाई प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास तथा मोडलिङ क्षमता अभिवृद्धिसम्बद्ध करिब एक महिना लामो प्रशिक्षण पश्चात् १६ जनालाई अन्तिम स्पर्धामा स्टेजमा उतारेका हौं’ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु