हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

पारा ओलम्पियन पलेशा गोर्वधन चिनको शाङघाई जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १० गते, आईतवार २०:५०

पलेशा गोवर्धन पारा तेक्वान्दो प्रशिक्षण गर्न र आर्किटेक्चर इन्जिनियर अध्ययन गर्न टोङ्जी विश्वविद्यालय कलेज अफ आर्किटेक्चरमा भदौ ११ गते चिन प्रस्थान गर्र्दै छन् ।
आगामी २०२३ अक्टुबर २२ देखि २८ सम्म चिनको हान्झाऊ शहरमा हान्झाउ एशियाली पारा खेलकुद हुँदै छ । नेपालको पारा तेक्वान्दो खेलबाट गोवर्धनले सहभागी हुनेछ ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, संघका महासचिव दीपराज गुरुङ्ग, केन्द्रिय सदस्य बब्लु शिवाकोटी र राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालगायतले पलेशालाई विदाई गरेका छन् ।
गोवर्धन विश्व वरियतामा ७औं स्थानमा छन्, टोकियो २०२० पाराओलम्पिकमा पलेशाले अमेरिका, सर्वेयाका खेलाडीलाई हराएर पदकको नजिक पुग्दा चिनका खेलाडी लीयुली संग पराजित भएकी थिइन् । बहराईन युथ एशियली खेलकुदमा एतिहासिक स्वर्ण पदक समेत जितेकोले नेपालले गोवर्धन संग पदकको ठुलो आशा गरेको छ ।
गोवर्धन चिन जान साथ राम्रो तेक्वान्दो क्लबमा ट्रेनिङ्ग गरेर हान्झाउ एशियाली पारा खेलकुद खेल्ने हुने छ । नेपाल तेक्वान्दो संघबाट चिनको तेक्वान्दो संघ संग समन्वय गरेर तेक्वान्दो प्रशिक्षणको व्यवस्थाको मिलाउने प्रयास भइरहेको प्रशिक्षक लामाले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु