बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

आज भाद्र ११ गते सोमबार हेर्नुस् राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ११ गते, सोमबार ०७:३१

आज – ११ भाद्र २०८० सोमवार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ बढी सचेत रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु