दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यूएईबाट एनआरएनए मध्यपूर्व युवा संयोजकमा निरञ्जन सिलवालको उम्मेदवारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ११ गते, सोमबार ७:३७

युएई, गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि मध्यपुर्व युवा संयोजकमा एनआरएनए यूएईका निवर्तमान उपाध्यक्ष निरन्जन सिलवालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
आगामी अक्टोबरमा हुने एनआरएनएको ११ औं महाधिवेशनका लागि सिलवालले आइतबार यूएईमा एक कार्यक्रमसहित जुममार्फत पत्रकार सम्मेलन गरी मध्यपुर्व युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन ।
एनआरएनए यूएईका उपाध्यक्ष तथा १५ महिना एनसीसीको कार्यवाहक अध्यक्ष भएर काम गरेको र बिगतमा एनआरएनए, यूएईका बिभिन्न पदमा रहेर गरेको कार्य अनुभवका आधारमा युवा संयोजकका उम्मेदवारी घोषणा गरेको सिलवालले बताए ।
आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका सिलवालले एनआरएनए अभियानमा युवा पुस्ता तथा श्रमिकको आवाज बुलन्द बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन ।
उक्त घोषणा सभामा बोल्दै एनआरएनए मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका सिलवाललाई अग्रिम बधाई दिदै सफलताको शुमकामना समेत ब्यक्त गरे । नेपाल पत्रकार महासंघ, यूएई च्याप्टरका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार लक्ष्मण खनालले संचालन गरेको उक्त घोषणा सभामा मध्यपुर्व उपसंयोजक राजु के.सी., एनआरएनए आईसीसी सदस्य पुष्कर सापकोटा, सुजन सापकोटा, मणी भुर्तेल, एनसीसी युएईका अध्यक्ष विकास शाही, जनसम्पर्क समिति सभापती भुवानी प्रसाद तिमिल्सिना, जनप्रगतिशिल मञ्च अध्यक्ष बाबुराम विश्वकर्मा, प्रवासी नेपाली मञ्च अध्यक्ष टक बहादुर गुरुङ,जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले,पत्रकार उमाकान्त पाण्डे लगायत विभिन्न संघसंगठनका प्रतिनिधिहरुले सफलताको शुभकामना दिदै विश्वभर रहेका नेपालीलाई सहयोग गरेर विजयी गराउन अनुरोध गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु