शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

मधेसप्रति न्याय गर्न उद्योग समिति सभापतिबाट पछि हट्यौँः रास्वपा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ११ गते, सोमबार १७:५८

राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ ।

सोमवार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिइ जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै रास्वपा सांसद गणेश पराजुलीले यस्तो बताउनुभएको । उहाँले आफ्नो प्रतिष्पर्धा जनमतसँग नभइ सत्ता गठबन्धनका दलहरुसँग भएको बताउनु भयो । उहाँले प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रुपमा सरकारलाई खबरदारी गर्नुपर्नेमा अरु समितिको नेतृत्व पनि लिएर राजनीतिक भागबण्डामा लागेको बआरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘रास्वपाले आफ्नो उम्मेदवारी फिर्ता लियो र जनमतका अब्दुल खानलाई समर्थन गरेको छ । उहाँका पार्टीका सभापतिले खेल्नुभएको शालिनताका कारण हो । हाम्रो प्रतिष्पर्धा जनमतसँग थिएन, उहाँको उम्मेदवारसँग हुँदै होइन । सत्ता पक्ष र गठबन्धनले खेलेका भुमिकाप्रति थियो । प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रुपमा सरकारलाई खबरदारी गर्नुपर्ने, अरु राजनीतिक दलले सदनमा उपस्थितिको आधारमा समितिको नेतृत्व गर्न पाउनुपर्ने स्वभाविक प्रक्रिया हो । तर राजनीतिक भागबण्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट गर्नुभयो । यो दुषित कुरा हो । मधेसीप्रति न्याय गरेका हौँ ।’
]सांसद पराजुलीले राजनीतिक भागबण्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट भएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु