नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

क्वान्दो टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ११ गते, सोमबार १९:५६

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको थप तयारी गर्न वैदेशिका लागि तेक्वान्दोको ग्योरोगी टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ । ९ खेलाडीसहित १२ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप बोर्ड एवं कार्यकारी समितिकी सदस्य नन्दा बस्याल र राखेपका सदस्य मानदेव हजराले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
पुरुष खेलाडीमा राहुल कुमाल (५८ केजीमुनि), गोविन्दबहादुर आले (६३ केजीमुनि), वीरबहादुर महरा (६८ केजीमुनि), अभिषेक बराल (८० केजीमुनि) र ज्याकी यादव (८० केजीमाथि) रहेका छन् ।
महिलामा अन्जली तामाङ (४९ केजीमुनि), आयशा लामा (५३ केजीमुनि), सन्ध्याकुमारी सिंह (५७ केजीमुनि) र इन्दिरा बस्नेत (६७ केजीमुनि) छन् । प्रशिक्षकमा टीकाप्रसाद लिम्बू, कुमार लामा घिसिङ र ज्ञानी चुनारा (स्वयंसेवक) रहेका छन् । टोली सेप्टेम्बर १७ तारिख नेपाल फर्कने कार्यक्रम छ ।
हाङझाव एसियाडको पुम्सेमा सहभागी हुने खेलाडी प्रेमबहादुर लिम्बू र स्वस्तिका तामाङ भने मलेसियामा वैदेशिक प्रशिक्षण पश्चात स्वदेश फर्किसकेको छ प्रशिक्षक लिम्बूले जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु