दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भक्तपुर जिल्ला हक्की संघ तदर्थ समिती गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ११ गते, सोमबार २०:३४

भक्तपुर– भक्तपुर जिल्ला हक्की संघ तदर्थ समिति गठन गरेको छ । नेपाल हक्की संघका कार्यवाहक अध्यक्ष सुनिल प्रसाद शर्माको प्रमुख र भक्तपुर जिल्ला खेलकुद बिकास समितीका जिल्ला अध्यक्ष दिपक थापाको विशेष आतिथ्यमा भएको जिल्ला स्तरीय भेलाले ७ सदस्य भक्तपुर जिल्ला हक्की संघ गठन गरेको छ। पुष्कर केसीको अध्यक्षतामा भएको उक्त संघको उपाध्यक्षमा अनन्त कृष्ण बैध, सचिवमा सबिता श्रेष्ठ, कोषाध्यक्षमा सौरभ बस्नेत र सदस्यहरुमा राजेन्द्र कुमार भासिंक, उर्जा मध्यकर्मी र नविना फैंजु रहनु भएको छ।

भक्तपुर जिल्ला खेलकुद बिकास समितीको कार्यालयमा भएको उक्त भेलामा कार्यालयका सचीव कृष्ण राज खनाल, नेपाल हक्की संघका केन्द्रिय प्रतिनिधि सुवर्ण श्रेष्ठ , एकेडेमी अफ इन्टरनेशनल सेल्फ डिफेन्सका कोच चिफ सन्जु महर्जन र मदन भण्डारी स्पोर्ट एकेडेमीका केन्द्रिय सदस्य द्वय पवन के.सी. र बिपिन कार्कीको पनि बिशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा नवगठित जिल्ला संघका पदाधिकारी र सदस्यहरुलाइ शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला खेल्कुद बिकास समितीका अध्यक्ष दिपक थापाले आफ्नो व्यतिगत र समितिको तर्फबाट संघलाई आवस्यक पर्ने साथ र सहयोग गर्न हरपल तयार रहेको प्रतिवद्दता व्यत गर्नु भयो भने कार्यक्रमका प्रमुख अतिथी नेपाल हक्की संघका कार्यवाहक अध्यक्ष सुनिल प्रसाद शर्माले शुभकामना व्यक्त गर्दै नेपाल हक्की संघ सके जति जिल्लाहरुमा गठन गर्दै जाने र ती जिल्ला संघ मार्फत खेलाडी जन्माउने र प्रशिक्षण दिदै जाने साथै आगामी दिनहरुमा जिल्ला प्रदेश स्तरीय हक्की प्रत्योगिता गर्न सक्ने वातावरण बनाउने। त्यस्का लागि जिल्ला संघहरुलाइ केन्द्रले आवस्यक सहयोग गर्ने जानकारी दिनु भयो र कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भयो।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु