
नयाँ दिल्ली – नेपाली जनसम्पर्क समिति भारतको वार्षिक सभा मध्य प्रदेशको भोपाल सम्पन्न भएको छ ।
मध्य प्रदेशको भोपाल नेपाली जनसम्पर्क समिति भारतका अधक्ष बालकृष्ण पाण्डेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।जनसम्पर्क समिति भारतका मानर्थ सदस्य एस डि सिंह ,उपाध्यक्ष लिलामणि पाण्डे, उपाध्याय खडकसिंह बम ,कोषाध्यक्ष रुपेस कुवर ,संगठन सचिब यम लाल घिमिरे , शिक्षा सचिब कासि राम आचार्य , नेपाली काङ्ग्रेस गुल्मीजिल्ला कार्यसमिति सदस्य सुनिता जि सि कुवर ,केन्दिय पदधिकारी ,सदस्यहरु,६ वटा क्षेत्रका अध्यक्ष ,महासचिव हरु उपस्थित थिए भने बैठकमा मुम्बई, दिल्ली, हैदराबाद, बैंगलोर, चेन्नई कलकत्ता,भोपालका सबै केन्द्रीय सदस्य पदाधीकारीहरू ले भाग लिनु भयको थियो।
समितीको ब्रतमान अबस्थामा नयाँ कार्यक्रम लियेर जनता बिच जाने बिषयमै फोकस गरेका थिए सस्थापक स्व तिलक मल्ल लाई सहिद घोसीत गरीएको छ। साथै प्रबासी नेपाली हरूका विभिन्न समस्या हरू बारे गहन चर्चा का साथै भारतमा रहेका नेपालीहरुलाइ भाषा, धर्म संस्कृती सामाजिक संगठानिकक क्षेत्र मा प्रोत्साहित गर्ने समितीमा प्रशिक्षण दिलाऊने भारत नेपाल सम्मन्ध मा दुई देश विच बारतलाब गर्ने नेपाली हरुलाइ पर्ने समस्या समधान गर्ने र नेपाली जनसम्पर्क समिति अब केही भिजनका साथ जनताका माझ आउनेछन भनी प्रतिवद्वता गरेका छन । २८ अगस्त देखिनै जन जन मा घर घरमा जनसम्पर्क समिती अभियान लिएर जाने भएको छ। अभियान को सुरुयात के केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डे ले भोलाल बाटसुरु गनुहुने छ।
कार्यक्रम सन्चालन महामन्त्री जगन्नाथ पौडेलले गर्नुभएको थियोे ।
नेपाली जनसम्पर्क समिति भारत केन्द्रिय कार्यसमिती वैठक एबम बार्षिक भेलाको धोषणा पत्र
२६,२७ अगस्त २०२३ को बैठकले पारित गरेको छ।
मध्री प्रदेश भोपाल झीलनगरीमा आयोजित केन्द्रियकार्यसमिती काे बैठक आयोजना गरिएको थियो वर्तमान चुनौती काे सामु यस बैठकले प्रवाशी नेपाली हरूको सेवालाई समिति द्धारा अझै फराकिलो बनाउन तल बम्मोजिम धोषणा गर्दछ
१नेपाली युवाहरुमा नेपाली भाषा संस्कृति,धर्म र राष्ट्रियता प्रति आकर्षण गराउन अनलाइन लाईब्रेरी र सातै क्षेत्रेमा पुस्तकालयकाे सृजना गर्ने।
२- युवा नेपाली हरुमा शिपमुलक प्रशिक्षण दिनको लागि शैशिक,स्वास्थ्य,खेलकुद सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिँदै रोजगारीमुलक कार्यहरूको थालनी गर्ने ।
३- प्रवासी समाजलाई स्थानिय समस्याहरुमा भरपर्दो सहयिगिब सेनाको रुपमा समितिका साथिहरु समाजमा उपलब्ध गराई दिने ।
४-मुख्य सहर हरुमा शिप मुलल तालिम सेन्टर खोली प्राथमिकताका साथ भारतमा रहेका नेपाली हरु, युवाहरूलाई , महिलाहरुलाइ, मुख्य प्राथमिकताका साथ सक्षम बानाउने आत्मनिर्भर बनाउनेछ
५- भारतमा रहेका नेपाली हरुलाइ भैपरी आउने समस्या समाधानको लागि प्रतेक क्षेत्र, शाखामा सेवा दल गठन गर्ने।
६- भरतमा रहेका नेपाली हरु र नेजस का समसामयिक बिषयमा नेपाल सरकार नेपाली काङग्रेस संघ भेट्न प्रतिनिधि मण्डल काठमाडौ जाने निणय गरेको छ।
७ – नेपालि दूतावासले प्रबासी नेपाली हरुको बारेमा ठोस राम्रो काम गर्ने नसकेको दूतावासलाई भेट्न प्रतिनिधि मण्डल दिल्ली जाने निणय गरेको महामन्त्री जगनाथ पौडेलले जानकारी दिनु भयो ।


