
डि.बि.पराजुली (सुरज)
खासगरि यस्ता यात्रा संस्मरणहरु केहि समयपछि लेख्दा अझ प्रभावकारी हुन्थ्यो होला तर यो समाजको वास्तविकता र मानवियता हराएको दृष्यलाई लुकाएर राख्नै नसकेर यो लेख्न कलम अगाडी बढाएको हुँ ।
यात्रा काठामाडौं देखि गोसाईकुण्ड र गोसाईकुण्ड देखि काठमाडौं सम्मको तय भएको थियो । काठमाडौं देखि गोसाईकुण्डको यात्रा संस्मरण पछि लेख्ने छु तर जब अनुहार हेर्दा भद्र देखिने मानिसले नियतबस चारसय रुपैयाँ ठगे यो कुरा नलेखिकन बस्नै सकिन ।
२०८० भाद्र १३ गते बिहान गोसाईकुण्डबाट कुण्डमा स्नान गरि पुजाआजा सकेर करिब ७ बजे तिर काठमाडौंकोयात्रा तय गरिएको थियो । आउने क्रममा बाटोमा संगै जानुभएका साथि जो म भन्दा उमेरले करिब १० — १२ बर्ष सिनियर हुनुहुन्छ ,वहाँको खुट्टामा केहि समस्या भए पछि धुन्चे सम्म आईपुग्न तय गरेको समयमा आईपुग्न सकिएन । करिब २ बजे सम्म धुन्चे आईन्छ कि भन्ने सोचका साथ अगाडी बढेको हामि साँझ साँढे चार बजे मात्र आई पुग्यौं ।
सामान्यतय दिउसो दुई बजे सम्म मात्र धुन्चेबाट सार्वजानिक यातायात काठमाडौंको लागि छुट्ने भए पनि गोसाईकुण्ड मेला भएको कारण गाडी पाईएला कि भन्ने आशले यता उति भौतारियौं ।
अरु केहि सिप नलागेपछि हामि प्रहरी चेकप्वाईन्टमा गएर डिउटीमा रहनु्भएका प्रहरी संग सहयोग माग्यौं । डिउटीमा रहेका प्रहरीले पनि काठमाडौं जाने गाडी आएमा मिलाएर पठाईदिन्छु भन्नु भयो । गाडी आउने आशमा हामि करीब एक घण्टा प्रहरी चेक प्वाईन्टमै बस्यौं ।
अब गाडी नपाईने भयो यतै कतै होटल खोजेर बस्नुपर्ला भनेर समथि र म सल्लाह गर्दे थियौ त्यतिनैबेला पाँचजनाको एउटा समुह पनि काठमाडौं जाने गाडी खोज्दै त्यहिँ आइपुगे । पाँच जना मध्य दुईजना मोटरसाईकलमा र तिनजना गाडीमा जानुपर्ने भएके रहेछ । एक जना मेरै उमेरका र दुईजना म भन्दा उमेरमा केहि जुनियर जस्ता देखिने ति युवाहरुले पनि प्रहरीलाई हामिले झैं गाडीकोलागि सहयोग मागे ।
डिउटीमा रहेका प्रहरीले हामि तिर देखाउँदै उहाँहरुपनि काठमाडौं जानेहो मिलेर जाँदा हुन्छ भनेपछि हामिले काठमाडौं सम्म आउने आशालाई पुन जिवित गरायौं ।
जानेनै भए टाटा सुमो वा स्कार्पियो रिजर्भमा पाईने प्रहरीले जानकारी गराएपछि हामि हुन्छ मिलेर जाउँ न त भनेर स्विकृति जनायौं । प्रहरीले चिनेको गाडीलाई फोन गरेर काठमाडौं जाने पाँचजना जति हुनुहुन्छ जाने भए आउनु भने पछि करीब दश मिनेटमा एउटा टाटा सुमो आयो र टाटा सुमोको गुरुजिले म अर्कोलाई बोलाई दिन्छु भनेर स्कार्पियोलाई बोलाई दिनु भयो ।
केहि समयमा रातो कलरको स्कार्पियो आईपुग्यो । स्कार्पियो संग भाडाको बारेमा कुराकानि हुँदा शुरुमा करिब करिब कुरो मिल्ला जस्तो भयो । काठमाडौं राति अबेर पुगिने भएकोले रुट मिलाएर छाडिदिनु पर्ने कुराकानि भएपछि ,रुट मिलाउँदा ति तिन जना मध्य एक जनाले सबैलाई घर पायक पर्ने ठाउँमा छाड्ने रुट बनाए त्यो रुट बनाउँदा मलाई चैं सामाखुसी चोक मा छाडिदिने कुरा आयो । यहि बिषयलाई लिएर मैले प्रतिवाद गरें । बराबर भाडा हालेर जाने भएपछि मलाईचैं बाटैमा र अरुलाई चैं घर सम्म ?? यो न्यायिक भएन । एक छिन चर्का चर्कि भयो उसले के के भन्यो मैले सुन्न चाहिन । मैले म जान्न तपाईहरु जानुस् भनिदिएँ । छेउमा मेरो कुरा सुन्ने मानिसहरुले पनि मेरो कुरामा समर्थन जनाए । करिब करिब नजाने पक्का भएको थियो । त्यतिनै बेला प्रहरीले पनि जाने भए मिलाएर जानुस् हैन भने यहाँबाट गाडी हटाउनुस् ,चौकि अगाडी यो भिडभाड नगरौ. भने पछि गाडी केहि पछाडी हटाएर कुराकानि हुन थाल्यो ।
मलाई त्यहि बेला देखि त्यो मान्छेको नियत ठिक लागिरहेको थिएन । मैले म मिडिया क्षेत्रको हो भनेर कसैलाईपनि परिचय दिएको थिईन । म संगै रहेका अर्जुन के.सी. सरलाई मात्र थाहा थियो ।
काठमाडौं बाट एउटा फोन आयो म फोनमा कुरा गर्दै अलि तल सम्म गएँ । त्यहाँ कुराकानि भै रहेकै थियो । जब म फर्किएँ जाने कि नजाने भनेर अर्जुन सरले मलाई सोध्नु भयो ।
फेरी त्यहाँ के भएको रहेछ भने अर्जुन सरको घर नजिकै बस्ने एकजना दाईलाई काठमाडौं जाने हो भनेर बुक गरेको होटल क्यान्सिल गरेर बोलाईएको रहेछ । अब मेरो कारणले गर्दा ति दाईलाई पनि अप्ठ्यारो पर्ने भयो भनेर मैले अर्जुन सरलाई जाउँ भने ।
हामि अलि अप्ठ्यारोमा थियौं । खर्चको हिसाबमा पनि त्यहाँ बस्दा खाँदा ३ हजार खर्च हुने थियो त्यसमा अलिकति थपेर काठमाडौं पुग्न सके आफ्नै घरमा पुगेर सुत्दा राम्रै होला भन्ने सोचेर जाने निर्णय गर्यो ।
गाडीमा बस्ने बेलमा पनि त्यस्तै ब्यबहार भयो । हामिलाई पछाडी बस्न भनियो , ठिकै छ जसरी भएपनि काठमाडौं पुग्ने त हो भनेर हामि पछाडी बस्यौं । बाटोमा खासै बोलिएन । जो मान्छे हामिलाई अलि नराम्रो लागि रहेको थियो उ असामाजिक प्रकारको अभिब्यक्ति दिने शैलिमा बोलिरहेको थियो । हामिले जसरी भएपनि घर आईपुग्ने सोच राखेर उसका कुरा सुनेको नसुन्यै गरेर सहेर बस्यौं ।
असाध्यै सावधानिका साथै गाडी चलाउने गुरुजिले करिब साँढे तिन घण्टामा हामिलाई धुन्चेबाट काठमाडौं ल्याई दिनु भयो ।
त्यो मान्छेले कतै न कतै गडबड गर्छ भन्ने त लागिरहेको थियो । अब बिषय भाडामा प्रवेश भयो । अगाडी सिटमा गूरुजिले आफ्नै मान्छे राखेको कारण हामिलाई दश हजारमा काठमाडौं ल्याईदिने र रिङरोडको पायकपर्ने ठाउँमा छाडिदिने सहमति भएको थियो ।
शिवपुरी भन्ज्याङ आईपुगेपछि अर्जुन सरले चारहजार रुपैयाँ मेरो हातमा थमाउँदै त्यसबाट चार सय फर्कन्छ त्यो तपाईलाई पठाओमा घर सम्म जान हुन्छ भन्नु भयो । मैले भाडा कति कति हो उठाउँ भनेर प्रस्ताव गरें । मेरो छेउमा बसेका दाजुले एक हजार झिकेर दिनु भो, उहाँलाई एक हजारमा ल्याउन हामि सबै राजि नै भएकोले मैले केहि बोलिन ।
मैले पनि चार हजार दिएर हिसाब बताउँदै पैसा फिर्ता दिन भने पैसा समात्ने मान्छेले केहि पनि बोलेन, त्यतिकैमा अर्जुन सरको घर जाने बाटो आयो गूरुजिले मुख्य सडक बाट कतै नजाने बताए पछि गाडी सामाखुसी तिरनै आयो अब अर्जुन सर र ति दाई बसुन्धारामा उत्रिनु पर्ने भयो म सामाखुसीमा ।
सामाखुसीमा गाडी रोकियो अगाडी सिटमा बसेको भाई पनि त्यतै उत्रने रहेछ । मैले गाडी बाट उत्रेर पैसा फिर्ता गर्न भने अघि म संग पैसा समात्ने मान्छे बोलिरहेको थिएन तर जो अघि म संग डिस्कर्स गर्न थालेको थियो त्यसैले के को पैसा ? पैसा सैसा फिर्ता हुन्न भनेर बोले पछि मैले हिसाब सुनाएँ , हामि जम्मा छ जना छौं ,दश हजार गाडीलाई तिर्नु पर्छ , उहाँ दाईले एक हजार दिनु भयो अब शर्त अनुसार हामिले पाँच जना बाट नौं हजार जम्मा गर्नु पर्ने हुन्छ त्यसको मतलब एक जनाको भागमा एक हजार आठ सय पर्ने हुन्छ । हामि दुईजनाको तिनहजार छ सय कटाएर चार सय फिर्ता गर्नुस् न भै गो नि भने । उसले ति दाईलाइ त मैले हालेको त्यसको हिसाब हुन्न अघिनै दुई हजारमा आउन रेडि भएको होईन तिमिहरु भनेर झर्कदै भने पछि मैले खासै डिस्कर्स गर्न चाहिन ।
दशौं हजार खर्च गरेर मन्दिर गएर आएको चार सय दान भयो भन्ने सोचेर चुचापसामाखुसी चोकमा उत्रिएर एउटा पठाओ लाई रोकेर शकुसल घरमा आईपुगेँ तर मलाई एकदमै चित्त बुझिरहेको थिएन ।
अगाडी सिटमा गुरुजिको मान्छे गाडीलाई घाटा भएन, हामि लास्ट सिटमा टाउको ठोकाउँदै आयौं अनि भाडा चाहिँ फुल तियौं , बिचको सिटमा सुतेर रमाईलो गदै आउनेलाई मोज भयो । कथा सुन्दा खासै अनौठो होईन तर यसले वर्तमान सामाजिक अवस्थाको चित्रण गरेको छ ।
ति तिनैजनाको अनुहार बिर्सन सकिदैन,ति मानिसहरु जसले चार सयमा र्याल चुहाए उनिहरु बौद्ध थलि तिर बस्दा रहेछन् । एकजनाको होटल छ भन्ने सुनियो दुईजना के गर्छन थाहा भएन ।
मान्छे हेर्दा एकदम भलाद्मि जस्ता देखिने त्यस्ता अमानविय सोच बोकेकाहरु संग कहिल्यै भेट नहोस् । भेट भएछ भने पनि फेरी उनिहरुलाई दान गर्न पाईयोस् । उनिहरुलाई यस्तै दुईचार सय यताउति गरेर खान परोस् ।
धन्यवाद
तपाईहरुलाई यो यात्रा संस्मरण कस्तो लाग्यो ??? कृपया कमेन्ट गर्न नभुल्नुहोला
(लेखक भ्रष्टाचार विरुद्ध नागरिक अभियानको संस्थापक , सारा खवर डटकमको सह सम्पादक र ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं ,पश्चिम क्षेत्रको प्रेस सल्लाहकार तथा सामाजिक अभियन्ता हुनुहुन्छ । )


