हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनायो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १५ गते, शुक्रबार १४:५६

मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनाएको छ ।

बिहीवार देश स्वतन्त्र भएको ६६ औं वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो । बुधवार मध्यरातपछि हजारौँ मलेसियालीहरु देशभक्त गीतहरु र अन्य गतिविधिहरु गरेर ६६ औं वर्षदिन मनाएका थिए । बिहीवार बिहान पुत्रजयाको प्रशासनिक केन्द्रमा राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहको निरीक्षणमा परेड उत्सव समापन भएको थियो । मलेसियाका राजासँगै प्रधनमन्त्री अनवर इब्राहिम,मन्त्रीपरिषद्का सदस्यहरु र अन्य अधिकारीका साथै हजारौँ सैनिक, नागरिकहरु उपस्थित थिए । जनतालाई सम्बोधन गर्दै राजा सुल्तानले दक्षिणपूर्वी एशियाली देशको सद्भाव र कल्याणका लागि एकता महत्वपूर्ण भएको बताउनु भयो । अगस्ट ३१, १९५७ मा तत्कालीन मलाया संघले ब्रिटिस शासनबाट स्वतन्तत्रा पाएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु