शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

सेन्ट लरेन्समा सम्पन्न टेबलटेनिसमा सुविन र सुप्रियालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १६ गते, शनिबार ०८:०६

काठमाडौ ।महान सिद्धार्थका सुविन पोखरेल र सेन्ट लरेन्सकी सुप्रिया गुरुङले अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शुक्रबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा सुविन तथा गल्र्समा सुप्रिया पहिलो भएका हुन् ।
प्रोग्रेसिभ एजुकेसनल फोरम (पीइएफ) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा सुविनले लभ्ली एन्जल्सका मुकेश खत्रीलाई ६–११, ११–७, १२–१०, ८–११ र ११–५ को सेटमा पराजित गरे । दुर्गा भवानीका सहज दाहालले मोक्षदाका पदमबहादुर भट्टराईलाई २–० ले हराउदै तेश्रो भए ।
चावहिलस्थित प्रायोजक सेन्ट लरेन्स स्कुलमा भएको प्रतियोगिताको गल्र्स फाइनलमा सुप्रियाले लभ्ली एन्जल्सकी मिङमा शेर्पालाई ११–८, ६–११, ९–११, ११–३ र ११–३ को सेटमा पाखा लगाइन् । मोक्षदाकी सहारा गौतम तेश्रो भइन् । सहाराले निमोनिककी सुजाता चौलागाईंलाई २–१ ले पन्छाइन् ।
विजेतालाई राष्ट्रिय टेबलटेनिस खेलाडी एलिना महर्जन, पीइएफकी अध्यक्ष सीता भट्टराई, सेन्ट लरेन्सका चेयरम्यान केशवप्रसाद दंगाल, सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जन, सेन्ट लरेन्सका भाइस प्रिन्सिपल उज्ज्वल सिंह, रेफ्री संयोजक नवीन सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकदिने प्रतियोगितामा विभिन्न १० विद्यालयका समान १०–१० ब्वाइज÷गल्र्स गरी २० खेलाडीले सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु