दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रिभेरा इन्टरनेश्नल एकेडेमी टिम प्रमथ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १६ गते, शनिबार २०:०१

भदौ १६ गते श्रीपिङ्गला डोजाङ्गको आयोजनामा सम्पन्न भएको चौथो तेक्वान्दो प्रतियोेगितामा रिभेरा इन्टरनेश्नल एकेडेमी स्कुलले ५ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल गरी टिम प्रमथ भएको छ ।
त्यसै गरी सम्भाबी स्कुल टिमले ४ स्वर्ण, १ रजत र ७ कास्य पदक हासिल गरी टिम दोश्रो भएको र टेक्सास इन्टरनेश्नल स्कुलले ३ स्वर्ण, ३ र ८ कास्य गरी टिम तेश्रो भएको छ ।
नेपाल एभेरेष्ट मन्टेश्वरी स्कुलले अनुशासित ट्रफी अवर्ड पाएको । कार्यक्रमको प्रमुख अतिथि काठमाडांै महानगरपालिका वडा ९ का अध्यक्ष रामजी भण्डारी, विशेष अतिथि कामपा ८ वडा अध्यक्ष आशामान संगत, वडा ९ का सदस्य टेकराज अधिकारी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र समाज सेवी पूर्व प्रदेश सांसद् नरोत्तम वैद्यलागयतको उपस्थिति रहेको कार्यक्रम संयोजक सुरेन्द्र डंगोलले बताए ।
प्रतियोगितामा कुल १४ स्कुल तथा डोजाङ्गका २५० खेलाडीको सहभागिता रहेको आयोेजक समितिका सचिव समिर दाहालले जानकारी दिए ।
कार्यक्रममा काठमाडौं जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्य र तेक्वान्दो खेलमा योेगदान दिने प्रशिक्षक तथा खेलाडीहरुलाई सम्मान गरेको संयोजक सुरेन्द्र डंगोलले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु