दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

केएमसी र इनोभेटिभको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १६ गते, शनिबार २०:१०

काठमाडौ ।आयोजक केएमसी ‘ए’ र इनोभेटिभले तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।
बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसी ‘ए’ ले रिलयान्सलाई २८–२० ले पराजित ग¥यो । केएमसी ‘ए’ का रियम राईले १७ अंक जोडे । इनोभेटिभले सनसाइनलाई २८–१९ ले हरायो । इनोभेटिभका समुन्द्र महर्जनले १६ स्कोर गरे ।
सिनियर ब्वाइजमै ज्ञान निकेतनले बाल दिक्षालाई २९–२०, काठमाडौं जेभियरले केएमसी ‘बी’ लाई २२–१५, नेरिक एकेडेमीले सैनिकलाई ३७–१८, एआईएले एनसीसीएसलाई ३७–१६, भद्रघलेले एलिट ग्रान्डलाई १९–१५ र जेनिथले सेन्ट पाउललाई ४४–१७ ले पाखा लगाए । ज्ञान निकेतनका आशालाल श्रेष्ठले १२, काठमाडौं जेभियरका अनिकेत बाँस्तोलाले १४, नेकिरका सुशल मगरले १४, एआईएका पर्वत पाण्डेले १६, भद्रघलेका विवश मगरले १२ र जेनिथका सुशिल शाहीले १८ अंक बटुले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु