‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

भाद्र १७ गते आइतवार : तपाईंको आजको दिन कस्तो रहनेछ ? राशिफल हेर्नुहोस्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १७ गते, आईतवार ०५:३६

आज – १७ भाद्र २०८० आइतवार को राशिफल
ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ, अत: संयम रहनु होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । विश्वास गरेकाले साथ र लाभ दिनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यात्रामा बिघ्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी पनि हुन सक्नेछ अत: आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन पनि प्राप्ति होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) श्रमको उचित मूल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जानेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजबाट नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक तथा समाजसेवामा पनि मन लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु