सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

रायमाझी परिवारको “नक्कले भिनाजु ७” तीज गीत सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १७ गते, आईतवार ०५:४५

काठमाडौँ,पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार तीजका गीत र अन्य गीतहरु आइरहेका छन । तिज नजिकिएसङ्गै कलाकारबिच तीजको गीत सार्वजनिक गर्ने प्रतिस्प्रर्धा नै शुरु भएको छ । यसैक्रममा रायमाझी परिवारको “नक्कले भिनाजु ७ कालो चस्मा खै” बोलको तीज गीत शुक्रवार सार्वजनिक भएको छ । उक्त गीत बजारमा आएपछि गीतले चर्चा पाएको छ ।
बिशाल रायमाझीको शब्द/संगीत रहेको “नक्कले भिनाजु ७” बोलको तीज गीतले अहिले बजार तताएको छ । गीतमा गायक बिशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको सुमधुर आवाज रहेको छ भने सुरबीर पण्डित (दारी बा), बिशाल रायमाझी,एलिना रायमाझी र सन्ध्या क्षेत्रीले भिडियो खेलेका छन ।
राजकुमार मगरको निर्देशन बिजय बुढा मगरको कोरियोग्राफी प्रकाश खड्काको छायांकन र राजकुमार मगरको सम्पादन रहेको उक्त गीत
बिशाल रायमाझीको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीत हेरेर प्रतिकृया दिनको लागी रायमाझी परिवारले सबै लोकसंगीतप्रेमी दर्शकलाई अनुरोध गरेका छन ।
यो गीतबाट आफूले ठुलो आपेक्क्षा राखेको गायक बिशाल रायमाझीले बताए । उनले आफ्ना अघिल्ला गिती संग्रह जस्तै यसलाई पनि माया गरिदिन आग्रह गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु