दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सेवा चुस्त दुरुस्त राख्न मातहतका कर्मचारीहरूलाई निर्देशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १७ गते, आईतवार ८:४०

काठमाडौं ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सेवा चुस्त दुरुस्त राख्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ ।
शनिबार भैरहवा स्थित एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) को अनुगमन तथा निरीक्षण गर्ने क्रममा मन्त्रि रिजालले कर्मचारीहरूलाई यस्तो निर्देशन दिनु भएको हो । अनुगमन तथा निरीक्षणमा मन्त्रि रिजाल सगै उद्योग सचिब मुकुन्द निरौलाको पनि उपस्थिति रहेको थियो भने एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) का कार्यकारी निर्देशक आशिष गजुरेलले मन्त्रि रिजाललाई आईसीपीको स्थलगत जानकारी गराउनु भएको थियो ।

मन्त्रि रिजालले आवश्यक सुधार तथा व्यवस्थापनमा जोड दिन आग्रह गर्दै नीतिगत समस्या समाधान गर्न केहि समय लाग्ने भए पनि अन्य समस्या भए त्यसको समाधानका लागि तत्काल निर्णय गर्न आफु तयार रहेको बताउनु भएको छ । त्यसैगरी देशलाई समृद्धितर्फ लैजाने गरी उपलब्धिमूलक काम गर्न हौसला दिँदै मन्त्री रिजालले पारदर्शी भएर काम गर्न समेत आग्रह गर्नु भयो ।

मन्त्री रिजालले शनिबार नै भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) को पनि अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिका भट्टले मन्त्रि रिजाललाई सेजको स्थलगत जानकारी गराउनु भएको थियो भने सेजको बिस्तृत प्रस्तुति समेत प्रस्तुत गर्नु भएको थियो ।

अनुगमका क्रममा मन्त्रि रिजालले अहिले सेजमा उद्योग स्थापना गर्दा उद्योगीलाई परिरहेको समस्या तत्काल हल गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ । उद्योगीले उद्योग स्थापना गर्न अहिले लिजको लागि सरकारले तोकेको ६० रुपैयाँ प्रति स्वाक्यर मिटर जग्गा मुल्यलाई घटाएर प्रति स्वाक्यर मिटर ८ देखि १० रुपैयाँ सम्म बनाउन पहल गर्ने मन्त्रि रिजालले स्पष्ट पार्नु भएको छ ।

आईसीपी र सेजको अनुगमन पश्चात मन्त्रि रिजालले भैरहवाका उद्योगी व्यवसायीहरु सग भेटघाट गर्नु भएको थियो । सिद्दार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्य्रक्रममा बोल्दै मन्त्रि रिजालले उद्योगी व्यवसायीले झेल्नुपरेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नुपर्ने भए पनि यसमा नेपाल सरकार गम्भीरतापूर्वक लाग्ने स्पष्ट पार्नु भएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग व्यवसाय सबल नभई देश आर्थिक समृद्धितर्फ जान नसक्ने समेत स्पष्ट पार्नु भयो । भैरहवाका उद्योगी व्यवसायीका कुरा सुन्दै मन्त्रि रिजालले उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्नु हुदै सरकारले केहि गर्दैन भन्ने सोचबाट बाहिर निस्कदै मनोबल वृद्धि गर्न समेत आग्रह गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु