दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको सचिव पदमा राजन श्रेष्ठले उम्मेदवारी दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १७ गते, आईतवार १५:०९

काठमाडौँ । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको सचिव पदमा राजन श्रेष्ठले उम्मेदवारी दिनुहुने भएको छ ।

आगामी भदौ २७ गते हुने काठमाडौँ जिल्ला समितिको आठौँ अधिवेशनमा श्रेष्ठले नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको सचिव पदमा उम्मेदवारी दिनुुहुने भएको हो ।

राजन श्रेष्ठले काठमाडौँ जिल्ला समितिमा रहेर २ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसक्नु भएको छ भने, हालको कार्यसमितिमा श्रेष्ठ सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख भएर काम गरिरहनु भएको छ ।

यस अगाडि श्रेष्ठले नेशनल प्याब्सनको स्वास्थ्य विभाग प्रमुख भएर काम गरिसक्नु भएको छ । विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरूको संयोजन गर्दै श्रेष्ठले विभिन्न कार्यक्रमहरूलाई प्रभावकारी कार्यान्वयनमा महत्त्वपूर्ण भुमिका खेल्नु भएको छ ।

हाल मनास्लु वर्ल्ड स्कुल तथा कलेजको प्रधानाध्यापकका रूपमा कार्यरत श्रेष्ठले विद्यालय तथा कलेज स्तरको शिक्षामा गुणस्तरीयता प्रदान गर्दै आइरहनुभएको छ ।

हाल उहाँले अग्रेजी विषयमा एमफिल सकेर पिएचडी गर्दै हुनुहुन्छ । विभिन्न संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठले नेशनल प्याब्सनमार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहनु भएको छ । उहाँ प्याब्सकको अध्यक्ष समेत हुनुहुन्छ ।

श्रेष्ठ सामाजिक कार्यमा समेत सक्रिय रूपमा लागिरहनु भएको छ । उहाँ हाल लायन्स क्लबमा समेत आवद्ध हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु