दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सदस्य–सचिव घिसिङ श्रीलंका प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १८ गते, सोमबार ५:४२

काठमाडौं, भदौ १७ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ आइतबार श्रीलंका प्रस्थान गरेका छन् । एसिया कपमा सहभागी नेपाली क्रिकेट टोलीको हौसला बढाउन सदस्य–सचिव घिसिङ श्रीलंका प्रस्थान गरेका हुन् । एसिया कपको समूह चरणको आफ्नो दोश्रो खेलमा नेपालले सोमबार भारतसंग खेल्दै छ ।
सदस्य–सचिव घिसिङसंगै राखेपका सदस्य लेखबहादुर (एलबी) क्षेत्री पनि श्रीलंका प्रस्थान गरेका छन् । सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव अञ्जन धमला, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्मा र संघ संस्था समन्वय शाखकका प्रमुख चन्द्रकुमार राईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु