मनिशा अर्याल ,साइप्रस-
नेपाली हिन्दू नारीहरूको महान पर्व तीज विशेष रंगिन उत्सब यो बर्ष पनि साइप्रसमा मनाइने भएको छ।यहि आउदो आगामी आइतबार ,१० सेप्टेम्बर बिहान १० बजेदेखि बेलुकी ४बजेसम्म साइप्रसको निकोशिया स्थित Antonakis music hall मा कार्यक्रम आयोजना गर्न लागेको तथा कार्यक्रमको पुर्व तयारी पनि लगभग पूरा भएको आयोजक टिमले जानकारी दिएको छ।
कार्यक्रमको लागि साइप्रसको सक्रिय संघसंगठनलाई पत्रचार गरिसकेको र कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सुचनालाई आधार मानी उपस्थित हुन सम्पुर्ण आम साइप्रसवाशी नेपाली महानुभावहरुमा आयोजक टिमले अनुरोध समेत गरेको छ।
साइप्रसमा बिल्कुलै नयाँ रूपमा यो बर्ष निशुल्क तीजको दर खाने कार्यक्रम आयोजना गरेको छ।साइप्रसमा पुरुषहरुको तुलनामा नेपाली महिला दिदिबहिनीको संख्या धेरै भएको र कतिपय दिदिबहिनीहरुको तलब एक्दम न्यून भएको हुनाले थोरै भएपनी केही रमाइलो गरून् भन्ने उदेश्यले निशुल्क गरिएको हो। नारी सशक्तीकरण र नेपाली संस्कृतिको संरक्षणका लागि सञ्चालन हुने यस कार्यक्रममा तीज गीत, नृत्य प्रस्तुत हुने आयोजकले जनाएको छ।
विशेष हिन्दु महिला मात्र मनाइने तीजलाई साइप्रसमा सम्पुर्ण धर्मलम्बिहरु लाई समेत समेटिएको छ। तीज बिशेष कार्यक्रमलाई आयोजना गरेको छ। गैरआवाशिय नेपाली संघ साइप्रस , Center for social innovation ,लाखे कृएसन को आयोजना र नेपाली जनसम्पर्क समिति साइप्रस,प्रवासी नेपाली मन्च साइप्रस,जनप्रगतीशिल मन्च साइप्रस,नेपाल मगर संघ साइप्रस,शेर्पा किदुग साइप्रस,तमु समाज साइप्रस,रुपन्देही सेवा समाज साइप्रस,चितवन सेवा साइप्रसको सह-आयोजक र मिटिया पार्टनर युरोप गतिविधि ,सेफ्नो टि.भि रहेको छ । हरितालिका तिज २०८० को शुभअवसरमा स्थानीय कलाकारहरुका साथमा नाच्दै गाँउदै रमाउदै दर खाने कार्यक्रममा भएको हुँदा सहभागीताको लागि हार्दिक अनुरोध गरेको छ।