दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १९ गते, मंगलवार ७:५७

पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा काष्ठमण्डप क्लब विजयी भएको छ । केसीसी क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै केसीसी दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित ४० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो । यो खेलमा काष्ठमण्डपका सुजन थापा ‘म्यान अफ दि म्याच’ बने ।
यसैगरी आजै भएको दोस्रो खेलमा हिलसाइड कलेजले जियोम्याट्रिक कलेजमाथि ५–४ गोल अन्तरको कठिन जित निकालेको छ । सिनामंगलमा रहेको अर्किड कलेजको फुटसल कोर्टमा हिलसाइडका लागि सुनिल श्रेष्ठ र रविन कटुवालले दुई–दुई गोल गर्दा जय प्रकाश बानियाँले एक गोल गरेका थिए । जियो म्याट्रिकका लागि नरेन्द्र बुढाले २ गोल गर्दा नविन श्रेष्ठ र विपिन अधिकारीले एक एक गोल गरे । हिलसाइडका रविन कटुवाल ‘म्यान अफ द म्याच’ बने ।
यस्तै, तेस्रो खेलमा एसियन कलेजले सगरमाथामाथि ९–० गोलको एकतर्फी जित निकालेको थियो । एसियनका रसिद छुस्याबाग म्यान अफ द म्याच बने । त्यसैगरी कान्तिपुर युनाइटेड कलेजको ‘ए’ टिमले अर्किड कलेजमाथि ९–४ गोल अन्तरको जित निकालेको थियो । कान्तिपुरका विकास तामाङ ‘म्यान अफ दि म्याच’ बने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु