‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

नेशनल प्याब्सन काठमाडौँको अध्यक्षमा होम बहादुर अधिकारी ( मनोज ) को दावी “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १९ गते, मंगलवार १६:४९

काठमाडौँ – नेशनल प्याब्सन काठमाडौँ जिल्लाको उपाध्यक्ष रहेका होम बहादुर अधिकारी ( मनोज) ले आठौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सधैं निजी विद्यालयहरुको हक हितमा आवाज उठाउँदै विद्यालयलाई अन्तरास्ट्रिय तहमा चिनाउनु पर्छ र शैक्षिक क्रियाकलापमा गुणात्मक परिवर्तन ल्याउनु पर्छ भन्दै विभिन्न अन्तर्राष्ट्रिय स्तरका तालिम संचालन गर्दै संगठनलाई मजबुत बनाउनआफूले संस्थागत हितमा विगत लामो समयदेखि निरन्तर रुपमा कार्य गर्दै आएकाे बताउने अधिकारीले काठमाडाैं जिल्ला भित्रका संस्थागत विद्यालयहरु विच आफू नेतृत्व दिन सक्षम रहेकाेले अध्यक्ष पदकाे लागि उम्मेदवारी दिन लागेको कुरा अधिकारीले बताए ।

शैक्षिक सरोकारवाला सबै निकायसँग समन्वय गरि निजि विद्यालयको हितमा सदैव लाग्ने र सदस्य विद्यालयको हित, संरक्षण र प्रबर्द्धनका लागि सदस्य विद्यालयका सुझाब र सल्लाहलाई प्रमुख महत्व दिई विद्यालयमा आइपर्ने हरेक समस्यालाई आफ्नै सम्झी अगाडि बढ्ने र जस्तैसुकै समस्या आउँदा पनि अग्रह स्थानमा उभिएर आफूभन्दा माथिल्लो निकायको साथ र सहयोगमा वहाँहरुलाई उच्च सम्मान गर्दै काठमाडौं जिल्ला समितिलाई नमुना जिल्ला समिति बनाउने कुरामा सधैं लाग्ने प्रतिबद्धता सहित आफूले अध्यक्ष पदमा उमेदवारी दिन लागेको कुरा अधिकारीले बताए ।

अधिकारी सबैको नजरमा सालिन, भद्र, इमानदार र कर्मशिल ब्याक्तित्वको रुपमा परिचित छन् । जेसिज, एम्नेस्टी ईन्टरनेशनल नेपाल, लायन्स क्लब, रोटरी क्लब र दर्जनौं संघ संस्थाको नेतृत्व गरेको अनुभब रहेका उनी बुढानिलकण्ठ नगरपालिका वडा नं १०, कपनको मिलनचोकमा रहेको जोसेफ एजुकेसन नेटवर्कका अन्तर्गत जोसेफ हाई स्कुल, काठमाडौ महानगरपालिका वडा न ६ मा रहेको ईन्टरनेशनल जोसेफ पब्लिक स्कुल र जोसेफ कलेजका संचालक हुन भने सो नेटवर्क अन्तर संचालनमा आएका तीन वटा शैक्षिक संस्थामा हाल दुई हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छ्न्। सो शैक्षिक संस्थाले बृटिश काउन्सिलले प्रदान गर्ने अन्तर्राष्ट्रिय बिध्यालय पुरस्कार ( आई एस ए अवार्ड ) लगातार दुई पटक प्राप्त गर्दै काठमाडौं जिल्लाकै एक नमुना शैक्षिक नेटवर्कको रुपमा स्थापित छ । अधिकारीले युरोप, चिन, भारत र थाईल्याण्डमा नेतृत्व बिकास र शैक्षिक ब्यबस्थापन सम्बन्धि तालिम लिएका छन भने दर्जनौ शिक्षा पुरस्कार र अन्तर्राष्ट्रिय सम्मान समेत प्राप्त गरेका छन् । अधिकारीको नेतृत्व पाउँदा काठमाडौं जिल्लाका विद्यालयहरुले एक नयाँ र फरक अनुभुति पाउने अनुमान गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु