बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

नौजनालाई अनेसास नवरत्न पुरस्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २१ गते, बिहीबार १२:५०

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्याएका नौ जना बिसेष महिला व्यक्तित्वहरूलाई नगद २ सय पचास डलरसहित सम्मान-पत्रले सम्मानित गर्न लागेको हो । नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो), ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी-समाजसेवा),माया गुरूङ् ( साहित्य – बेलायत),रीतादेवी प्रधान (क्यालिफोर्निया- साहित्य),शान्ता घिमिरे (न्यूजर्सी- साहित्य), डा. संगीता स्वेच्छा (साहित्य-बेलायत) र सुनिता डंगोल (उपमेयर – काठमाडौं, समाजसेवा) रहेका छन् । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु