दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ज्ञान निकेतन र जेनिथ फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २१ गते, बिहीबार १८:१७

काठमाडौं, भदौ २१ गते ।ज्ञान निकेतन र जेनिथ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सेमिफाइनलमा ज्ञान निकेतनले सैनिकलाई ३९–२३ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले २१ अंक योगदान गरे । सुशिल शाहीको १३ अंक सहयोगमा जेनिथले नेरिक एकेडेमीलाई ३९–३१ ले हरायो ।
जुनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र ज्ञान निकेतन उपाधिका लागि भिड्ने भएका छन् । एआईएले सनसाइनलाई ३०–२० ले पाखा लगायो । विजेताका दिक्षान्त ठकुरीले १० अंक जोडे । ज्ञान निकेतनले पुष्प सदनमाथि २०–१४ को जित दर्ता ग¥यो । विजयी टिमका लागि दिप्सन अधिकारीले १५ स्कोर गरे ।
सिनियर गल्र्समा इनोभोटिभ र एनसीसीएसले फाइनलमा स्थान सुरक्षित गरे । इनोभेटिभले चेल्सी वल्र्ड स्कुलको यात्रा २९–२३ ले पूर्णविराम लगायो । इनोभेटिभकी रिड्डी मगरले ११ अंक जोडिन् । एलाइट ग्रान्ड विरुद्ध एनसीसीएस २०–१४ ले विजयी भयो । एनसीसीएसकी विभा महर्जनले ९ अंक जोडिन् । फाइनल शुक्रबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु