दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रत्येक बर्ष अन्तर प्रदेश खेलकुद हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २१ गते, बिहीबार १८:१९

काठमाडौं ।प्रदेश खेलकुद विकास समितिहरुले प्रत्येक बर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने भएका छन् । हेटौंडामा प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरुको बैठकले यस्तो निर्णय गरेको हो । यस्तो प्रतियोगिता प्रदेशहरुले आलोपालो रुपमा आयोजना गर्ने भएका छन् ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा बसेको बैठकले प्र्रत्येक बर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्नेे निर्णय गरेको सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी गराएका छन् ।
प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद बागमती प्रदेशले आगामी फागुनमा आयोजना गर्दै छ । उक्त प्रतियोगितामा सहसभागि हुने प्रदेशहरुले टिम तयारी आफ्नै खर्चमा गर्ने निर्णय भएको छ । स्थानिय तहबाट नै खेलाडी छनौट गरि प्रदेश टिम बनाउने गरि छलफल भएको भण्डारीले जानकारी गराएका छन् ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रिय खेलकुदमा प्रदेश सहित विभागीय र अन्य टिमको सहभागिता हुने गर्दछ भने अन्तर प्रदेश खेलकुदमा प्रदेश टिम मात्र सहभागि हुन पाउने छन । प्रथम प्रदेश खेलकुद आयोजनाका लागि बागमती प्रदेशले यस अघि नै निर्णय गरि सकेको छ भने आवश्यक बजेट समेत विनियोजन भई सकेको भण्डारीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु