प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

जेनिथ, ज्ञान निकेतन र एनसीसीएलाई केएमसी बास्केटबल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २३ गते, शनिबार ०६:३६

काठमाडौं, भदौ २२ गते ।
जेनिथ, ज्ञान निकेतन र एनसीसीएसले तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । जेनिथ सिनियर ब्वाइज, ज्ञान निकेतन जुनियर ब्वाइज र एनसीसीएस सिनियर गल्र्समा च्याम्पियन बने । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा जेनिथले ज्ञान निकेतनलाई ४१–३८ ले पराजित ग¥यो । जेनिथको जितमा प्रज्ज्वल बस्नेतले १८ अंक योगदान गरे ।
जुनियर ब्वाइज फाइनलमा दिप्सन अधिकारीको १० अंक सहयोगमा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ३०–२६ ले हरायो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा एनसीसीएसले इनोभेटिभमाथि २९–२० को जित दर्ता ग¥यो । एनसीसीएसकी दिभा महर्जनले १३ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा जेनिथका प्रज्ज्वल, जुनियर ब्वाइजमा ज्ञान निकेतनका जेसन घलान र सिनियर गल्र्समा दिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सैनिक आवसीय महाविद्यालय, जुनियर ब्वाइजमा पुष्प सदन र सिनियर गल्र्समा साइपाल एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई ज्ञान निकेतनका कार्यकारी प्रमुख अधिकृत विश्वजित कुँवर, एआईएका संस्थापक प्रिन्सिपल विमल घिमिरे, केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईं र केएमसीका निर्देशक डा. मेनाजकुमार थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १८ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु