विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

काठमाडौं २६ मा स्थानीय महिलाहरूसँग दर खाने कार्यक्रम सहित प्रशिक्षण कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २३ गते, शनिबार २१:००

काठमाण्डौं । नेकपा माओवादीको रूपान्तरण सहित जनतासँग माओवादी घरघरमा तिनमहिने अभियान अन्तर्गत आज नेकपा माओवादी केन्द्र काठमाडौं वडा नं २६ अन्तर्गत सरस्वती कलेज ठमेल नाट्यश्वरी नमस्ते पार्टी भेनुमा स्थानीय महिलाहरूसँग दर खाने कार्यक्रम सहित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
काठमाण्डौ वडा नं २६ का पार्टी अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवम् जनसम्पर्क समन्वय समिती केन्द्रीय अध्यक्ष श्रीकृष्ण अदिकारी ९बिबेक ०को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६ नं निर्वाचन क्षेत्रका पार्टी संयोजक जनार्दन कटेल र निर्वाचन क्षेत्र ६ख का प्रदेश संयोजक चन्द्र राना, वाईसिल नेपाल केन्द्रीय सदस्य धिरज उपरकोटी र वाईसिल नेपाल केन्द्रीय सदस्य अर्जुन मग्रातीको उपस्थिती रहेको थियो । सो अवसरमा महिलाहरूलाई तिजको दर खुवाउने कार्यक्रम र नाचगान कार्यक्रमसहित हाल सरकारले गरेका काम बारे अन्तरकृया भएको थियो ।

वक्ताहरुले अहिले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सरकारले सरकारमा बसेर जनपक्षिय रूपमा सुशासन सहित भ्रष्टाचारीहरूलाई कार्बाही र जनपक्षिय काम गरेको बारे कामको बारे चर्चा गर्नुहुँदैर प्रशिक्षण समेत दिनुभएको थियो । प्रशिक्षण तथा छलफलका क्रममा वडाहरूमा जनताहरूले कस्तो अनुभव गर्न पाएका छन् र सरकारले अझै के गर्नुपर्छ भनेर स्थानीय कार्यकर्ता र जनताको रिपोर्टटिङ पनि लिईएको थियो । कार्यक्रममा स्थानीय महिला र पार्टी कार्यकर्ताहरू लगायत गरि३ सयको हाराहारमाको उपस्थिती रहेको थियो । तिजको दर खाने कार्यक्रमसहित राजनीतिक प्रशिक्षण दिई महिला दिदी बहिनीहरूलाई रूपान्तरण सहितको जनताको घर घरमा माओवादी भन्ने सन्देश दिईएको वाईसिल नेपाल केन्द्रीय सदस्य धिरज उपरकोटीले बताउनुभयो । आजको सम्पन्न भयको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु