शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

साइप्रसममा तीज विशेष कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २५ गते, सोमबार १८:३०

मनिशा अर्याल ,साइप्रस

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा साइप्रसमा बृहत सास्कूतिक कार्यक्रम सम्पन्न भएको छ।एनआरएनए साइप्रस,लाखे कृयसन साइप्रस ,social center innovation cyprus को समन्वय र अरु साइप्रसमा स्थापित विभिन्न संघ सस्था हरुको सहआयोजनामा तीज विशेष कार्यक्रम २०२३ सम्पन्न भएको छ।

एनआरएनए साइप्रसकि अध्यक्ष राधा पोखरेल थापा सभापतित्व तथा साइप्रस स्थित अवैतनिक नेपाली राजदूतावास साइप्रसाका डा. राम जीवन पन्जियारको प्रमुख आतिथ्यता र विशिस्ट अतिथि सोसल फर सेन्टर इनोभेसनका फोटिनी पापादोपुल्लो, एलिना साभिदु,ओलिभा योर्गयो, कोस्तान्दिनोस कारायानिस निलम पन्जियार ,आइ सि.सि सदस्य कुन्दन कार्की र कार्यक्रममा एनआरएनए विभिन्न तहका पदाधिकारीहरू, आयोजक संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधिको विशिष्ट आतिथ्यता रहेको थियो ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रस र Center for social innovation को मुख्य आयोजक र साइप्रसमा क्रियाशिल विभिन्न नेपाली संघ संस्थाहरु: नेपाली जनसम्पर्क समिति साइप्रस, प्रवासी नेपाली मञ्च साइप्रस, नेपाली जन प्रगतिशिलमञ्च साइप्रस, नेपाल मगर संघ साइप्रस, शेर्पा किदुक साइप्रस, रुपन्देही सेवा समाज साइप्रस, चितवन सेवा समाज साइप्रस, तमुसमाज साइप्रस लगायतको सह–आयोजक थियो।
साइप्रसमा बिल्कुलै नयाँ रूपमा यो बर्ष निशुल्क तीजको दर खादै एक आपसमा आत्मीयता साटासाट गर्दै आफ्नो सस्कार परम्परा रितिरिवाज लाई जगेर्ना गर्नुपर्छ भन्ने उदेश्यले सो कार्यक्रम गरिएको हो।
कार्यक्रमको उद्घाटन सभापति र प्रमुख अतिथी बाट मन्त्र सहित पानसमा बत्ती बालेर भजन गाउदै आरती गर्दै नेपाली राष्ट्रिय गित, साइप्रसको राष्ट्रिय गित र नेपाली देशभक्ति गितहरुबाट सुरु भएको औपचारिक कार्यक्रम गैर आवासीय नेपालीसंघ साइप्रसकी सचिव रोशना अर्यालले सन्चालन गर्नु भएको थियो भने त्यसै संस्थाकि महिला प्रतिनिधि मनिशा अर्यालले कार्यक्रममा सहभागी सम्पुर्ण अतिथिहरुको स्वागत मन्तव्य बाट स्वागत गरेको थिइन । विभिन्न गायन तथा नृत्य प्रस्तुतिहरुको साथमा सास्कृतिक कार्यक्रम एलिया लिम्बुले संचालन गर्नु भएको थियो। कार्यक्रमको लाइभ प्रसारण मिडिया पाट्नर युरोप गतिविधि र सेफ्नो टिभीले प्रसारण गरेको थियो
कार्यक्रममा स्थानीय कलाकारहरुको साङ्गितिक प्रस्तुति नाचगान गरि भब्य रूपमा तीज मनाइएको हो। साइप्रसमा पुरुषहरुको तुलनामा नेपाली महिला दिदिबहिनीको संख्या धेरै भएको र कतिपय दिदिबहिनीहरुको तलब एक्दम न्यून भएको हुनाले थोरै भएपनी केही रमाइलो गरून् भन्ने उदेश्यले निशुल्क गरिएको NRNA युवा प्रतिनिधि विकाश श्रेष्ठ ले जानकारी दिएको छ।
करिब ४०० जना भन्दा धेरै उपस्थित सो तीज कार्यक्रमको समापन गर्दै सभापती राधा पोखरेल थापाले महिलाहरुको पावन पर्व लाई एकमुष्ट मनाउनको लागि एकजुट हुने र उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद क्षापन समेत गर्नुभएको थियो।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु