प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

पल्स ब्युटी सैलुनको तेस्रो शाखा दरबारमार्गमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २६ गते, मंगलवार ०७:२७

काठमाडौं। पल्स ब्युटी सैलुनको तेस्रो शाखा दरबारमार्गमा सञ्चालनमा आएको छ। विगत २५ वर्षदेखि नेपाली सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आइरहेको ब्युटी पार्लरको दरबारमार्ग शाखाको सोमबार गायक तथा कलाकार रामकृष्ण ढकाल, निर्देशक दिपाश्री निरौलाले उद्घाटन गरे। 

वरिष्ठ सौन्दर्यविद् लक्ष्मी श्रेष्ठले पल्स मार्फत सौन्दर्य क्षेत्रमा विशिष्ट योगदान दिँदै आइरहेकी छिन् । उनकै छोरी गार्गी श्रेष्ठ कर्माचार्यले आफ्नो आमाको विरासतलाई अगाडि बढाउँदै आज पल्सको तेस्रो शाखा स्थापना गरेकी हुन् । 

गार्गी पनि डेढ दशक देखि सौन्दर्य क्षेत्रमै आफ्नो कर्मथलो बनाउँदै आइरहेकी छिन्। उनले अष्ट्रियाको सिड्नीमा हिसिला ब्युटी सैलुन स्थापना गरेकी थिइन् । विगत ४ वर्षदेखि नेपालमै रहेर पल्स इन्द्रचोकमा आफ्नो अनुभव बाँडिरहेकी छिन्। गार्गीले अष्ट्रेलियामा ब्युटी सम्बन्धी अनेकन प्रशिक्षणहरू पनि लिइसकेकी छिन् ।

धेरै युवापुस्ता विदेश पलायन भइरहेको अवस्थामा उनी चाँहि नेपालमै रही सौन्दर्य क्षेत्रमै नयाँ आयाम थप्ने जमर्कोका छिन् ।

सोमबार उद्घाटन भएको दरबारमार्गको पल्स सैलुनमा विभिन्न मेनुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था पनि गरिएको छ। पल्सका सबै ग्राहकलाई दरबार मलको वेसमेन्टमा निःशुल्क पार्किङ्गको व्यवस्था पनि गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु