शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

हास्य अभिनेता आदर्श मिश्रको ‘एकादेशको शहर’ गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २६ गते, मंगलवार १५:१३

राजिव खड्का काठमाडौं । नेपाली संगीत क्षेत्रमा नयाँ नयाँ गीत आउने क्रममा सुरज महर्जनको बिल्कुलै नयाँ गीत ‘एकादेशको शहर’ बजारमा आएको छ। फरक बिषयबस्तुलाई टपक्क टिपेर कमेडी गरि लाखौं दर्शक श्रोताको मन जितिसकेका आदर्श मिश्रको मुख्य अभिनय रहेको उक्त गीत सुरज महर्जनको सुमधुर स्वरमा सजिएको छ भने शब्द रचना र निर्देशन समेत उहाँकै रहेको छ।

संयुक्ता महर्जनको निर्माण र राकेल मानन्धरको सहायक निर्देशन रहेको उक्त गीतलाई विकास केसीले छायांकन तथा सम्पादन गरेका छन् ।

आदर्श मिश्र, महेन्द्र (मैन), निरज श्रेष्ठ र अर्चना श्रेष्ठको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा हालको अवस्थामा जस्तोसुकै वर्गका व्यक्ति अन्तिममा आफ्नो भविष्य खोज्दै विदेशी भूमिमा पुग्नु परेको र तीनै विदेशीएका व्यक्तिले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको दृश्य देख्न सकिन्छ।

हामी प्रत्येकले हामी भित्र एउटा शहरको कल्पना गरेका हुन्छौँ, तर यो थाहा हुदैन कि त्यसको स्थान कहाँ छ । जीवनको यात्राले जता जता डोहोर्याउछ तेतै तेतै तिर लम्केर भेटिएला कि त्यो ‘एकादेशको शहर’ ! यी र यस्तै भावमा आधारित रहेको उक्त गीतको भिडियो surajmaharjan यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

भिडियो हेर्नको लागी:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु