शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २७ गते, बुधबार ०६:१७

भाद्र २६- परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा संस्थाको अध्यक्ष रमिला श्रेष्ठ शाक्यको अध्यक्षतामा, प्रमूख अतिथि माननीय सभासद सपना राजभण्डारी, विशेष अतिथि सविंधान सभा सदस्य राज्यलक्ष्मी शाक्य, अतिथि मानव अधिकार संगठनका उपाध्यक्ष सुरेन्द्र मानन्धरको उपस्थिति रहेको थियो । सो कार्यक्रममा ११ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ । संस्थाकी सदस्य राधा ज्ञावालीले उपस्थित सबैलाई शब्दद्वारा स्वागत गर्नु भएको थियो । सदस्य एवं प्रवक्ता विनिता पुरीले संस्थाको उद्देश्यको बारे जानकारी गराउनु भयो । कार्यक्रममा प्रमुख अतिथि माननीय राजभण्डारीले संस्थाको उदेश्य अत्यन्तै राम्रो भएको र आगामी दिनमा यो संस्थाले पक्कै पनि नमुना भन्ने कुरा बताउनु भयो । विशेष अतिथि शाक्यले संस्था स्थापना गर्नु ठूलो कुरा नभएको तर संस्थालाई चलामान बनाई उदेश्य अनुसार काम गर्नु चाहिँ मुख्य कुरा भएको बताउनु भयो । अतिथि मानन्धरले काम गर्दा सधैं मानब हितमा काम गर्न आग्रह गर्नु भयो । संस्थाका सचीव अनुपमान राजभण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई मायाको चिनो स्वरुप बिरुवा दिइएको थियो।

यस सौर्य समाजको विधान अनुसार प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रल्हाद महत, सदस्य टिका प्रसाद घिमिरे र धन थापा मगरको निर्वाचन मण्डलले उम्मेदवारी दर्ता भई आएका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरि सपथ ग्रहण गराउनु भएको छ । निर्वाचित सबैलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रल्हाद महतले माला लगाई बधाई दिनुभएको थियो ।

नव निर्वाचित कार्य समितिको विवरण:-
१. अध्यक्ष : रमिला श्रेष्ठ
२. उपाध्यक्ष: शान्ती श्रेष्ठ आचार्य
३. सचिव: अनुपमान राजभण्डारी
४. कोषाध्यक्ष : सुर्य बहादुर अधिकारी
५. सह सचिव: अनुज भण्डारी
६. सह कोषाध्यक्ष: प्रतिमा श्रेष्ठ
७. सदस्य: प्रल्हाद दाहाल
८. सदस्य: राधा ज्ञावली
९. सदस्य: रमेश श्रेष्ठ
१०.सदस्य एवं प्रवक्ता : विनिता पुरी
११. सदस्य : रेना शाक्य

कार्यक्रममा संस्थाका कोषाध्यक्ष एवं एम्नेष्टीका पूर्व अध्यक्ष सुर्य वहादुर अधिकारीले धन्यवाद ज्ञापन गर्नु भयो भयो भने अध्यक्ष शाक्यले समापन मन्त्ब्य राखी कार्यक्रमको समापन गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु